पत्रिकाको ग्राहक बन्छु भन्दै १७ वर्षकी युवतीलाइ कोठामा लगेर…

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. ४ मध्यपुर अस्पताल अगाडी मासु पसल संचालन गर्ने राजेश भण्डारी नाम बताउने ब्यक्तीले पत्रिकाको ग्राहक बनाउने काम गर्ने १७ वर्षकी एक युवतीलाइ कोठामा लगेर ज’बर्जस्ति क’रणी गरेका छन् ।पत्रिकाको ग्राहक बन्छु तर पैसा कोठामा छ, सँगै जाउ भनी आफ्नो सुर्यबिनायक न.पा. वडा नं. ४ स्थित डेरा कोठामा लगी ज’बरजस्ती क’रणी गरे पश्चात कोही कसैलाई भनिस भने मा’रीदिन्छु भनी धाक धम्की दिएकोमा निज पी’डितले आफुलाई ज’बरजस्ती क’रणी गरेको कुरा कोही कसैलाई भन्न नसकी चु’पचाप बसेकोमा गर्भवती भई मिति २०७६।१०।२६ गते एक बालकलाई जन्म दिए पश्चात प्रहरीको उ’जुरी दिन पुगेकी थिईन ।

ज’बरजस्ती क’रणी मु’द्धामा जा’हेरी द’रखास्त दिए पश्चात प्रहरीले पि’डकको खो’जतलास गर्ने क्रममा मध्यपुर अस्पताल अगाडी संचालनमा रहेको मासु पसल खोज्दै जाँदा उनि पसल बे’चेर फ’रार भैसकेका थिए ।उक्त पसल किन्ने व्यक्तिसंग सोधपुछ गर्दा बेच्ने व्यक्ति रामेछाप खाँडदेवी गा.पा. वडा नं. ९ का सुरेश भण्डारी रहेको खुल्न आएको छ । उनलाई प्रहरीले काठमाडौँको कालिमाटीबाट नियन्त्रणमा लिएको हो, उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।