स्वास्थ्य मन्त्री ढकालमाथि छा’नबिन गर्न मा’ग

७ श्रावण २०७७, बुधबार काठमाडौंः स्वास्थ्य मन्त्री भानुभक्त ढकालमाथि छा’नबिन गर्न मा’ग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उ’जुरी परेको छ ।इनफ इज इनफका अ’भियन्ताहरूले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललगायत स्वास्थ्य मन्त्रालयका अधिकारीमाथि छा’नबिन मा’ग गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उ’जुरी दिएका हुन् ।आज दिउँसो आयोग कार्यालयमा गएर उनीहरुले आरडिटी पिसिआर किट ख’रिदलगायतमा अ’नियमितता भएको भन्दै छानबिन थाल्न उ’जुरी दिएका छन् ।

उनीहरुले सु’चनाको हकको प्रयोग गरि (को’भिड-१९) व्यवस्थापनमा सो मन्त्रालयले गरेको खर्चको विवरणको मा’ग गरेका छन् ।ओम्नी कम्पनीका सञ्चालक दुर्गा प्रसाद बेलबासे, भानुभक्त भट्टराई र प्रमुख कार्यकारी अधिकृत तुलहरि सिंह भुसाल र उनको सम्बन्ध देखिएका प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र तत्कालीन स्वास्थ्य सचिव यादव कोइराला, स्वास्थ्य विभाग प्रमुख महेन्द्र श्रेष्ठमाथि पनि छा’नबिन गर्न मा’ग गरिएको छ ।