नारायणगढ-मुग्लिङ सडक एकतर्फी खुल्याे

७ श्रावण २०७७, बुधबार काठमाडाैं । पहिराेले अवरुद्ध नारायणगढ-मुग्लिन एकतर्फी खुलेकाे छ ।मंगलबार राति १६ किलोमा खसेकाे पहिराे पन्छाएर सडक एकतर्फी खुलाइएकाे नारायणगढ-मुग्लिन सडक अ‌ायाेजनाले जनाएकाे छ ।बुधबार साँझ पाैने ८ बजेबाट एकतर्फी सवारी साधन चल्न थालेका अ‌ायाेजनाले जनाएकाे छ । ब्रे’करसहितको एउटा एक्साभेटर र दुई वटा लोडरको प्रयोगले पहिरो फा’लिएकाे हाे ।साेमबार बिहान ५ बजे पहिराे गएपछि अ’वरुद्ध सडक मंगलबार अपराह्न ३६ घण्टापछि एकतर्फी खुलेकाे थियाे ।

फेरि मंगलबार राति साढे ८ बजे लामोबालुवा पुल नजिकै १६ किलो भन्ने ठाँउमा चट्टानसहित ठूलाे पहिराे ख’सेपछि सडक फेरि अ’वरुद्ध भएकाे थियाे । याेसँगै नारायगढ- मुग्लिन-माेवा खाेला सडकखण्ड सुचारु भएकाे छ । अ‌ायाेजनाका अनुसार मोवा खोलामा ब’गाएको एप्रोच सडकको काम ति’ब्र गतिमा भइरहेकाे छ । माैसम अनुकूल भए भाेलि साँझ वा पर्सी दिउँसाेसम्म खाेलामा भ’त्किएकाे पुल मर्मत हुनेछ।