सरकारी बाईकमा भाइरल युवा युवतीको सनसनीपूर्ण बयान (भिडियो)

काठमान्डौ , केहिदिनदेखी सामाजिक सञ्जालमा भाइरल भएको एउटा फोटोका मुख्य पात्र मिडियामा आएका छन् । सरकारी नम्बर प्लेटको मोटरसाइकलमा अस्वाभाविक पोसाक लगाएकी युवती चढाएको भन्दै सामाजिक सञ्जालमा केही दिनदेखि उक्त फोटो भाइरल बनेको थियो । फोटोका बारेमा सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया आएपछि उक्त मोटरसाइकलका चालक सरकारी कर्मचारी र उनीसँगै रहेकी युवती मिडियामा आएका छन् । उनीहरू दुवै गल्छी गाउँपालिकामा कार्यरत प्राविधिक भएको खुलेको छ ।

सरकारी नम्बर प्लेटको मोटरसाइकलमा युवती राखेर कुनै होटेल रिर्सोटमा समेत पुगेको गलत हल्ला समेत चल्न थालेपछि उनीहरू मिडियामा आएर आफ्नो कुरा राखेका हुन । सु्न्नुहोस भाइरल भएका व्यक्तिले यस्तो खुलासा गरे । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस