लकडाउन खुल्यो भनेर काठमाडौँ आउँदै हुनुहुन्छ ? यतिकै नआउनुहोस नत्र…

काठमाडौं, कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि जारी गरेको लकडाउन हटेको छ । लकडाउन अन्त्य गर्ने सरकारको निर्णयसंगै यतिबेला गाउँबाट राजधानी उपत्यका भित्रिनेहरूको संख्या पनि बाक्लिएको छ।यही खबर सुनेर काठमाडौँको आइपुगेका राजविराजका सुरेश मण्डल बुधबार नागढुंगामा रोकिए। मोटरसाइकलमा काठमाडौँ आएका उनीसँग कुनै पास थिएन। प्रहरीले पासबिनाका सवारीसाधनलाई भित्रिन दिएको थिएन। काठमाडौँमा वर्कशपमा काम गर्ने उनी साहुले लकडाउन खुलेको भन्दै बोलाएपछि काठमाडौँ आएको बताउछन्।

उनी जस्तै बिना पास काठमाडौँ आउनेहरू अहिले नाकाहरूमा रोकिने गरेका छन्।सरकारले जिल्ला भित्र सवारी साधन संचालन गर्न दिए पनि एक जिल्लाबाट अर्को जिल्लामा जान दिने निर्णय भने गरेको छैन। मन्त्रिपरिषद बैठकले पनि आगामी भदौ १ गतेदेखि मात्रै छोटो तथा लामो दूरीका सवारी संचालन गर्ने निर्णय गरेको छ। अब यातायात मन्त्रालयले बनाएको मापदण्डका आधारमा सवारीसाधन संचालन हुनेछन्। सरकारले स्पष्ट निर्णय गरि नसकेकाले एक जिल्लाबाट अर्को जिल्लामा जान पुरानै प्रावधान अनुसार पास आवश्यक पर्ने गृह मन्त्रालयले जनाएको छ। तस्बिर : फाइल