आमाको पीडा भुल्न धर्मगुरु लामाद्वारा गाउँमै अस्पताल स्थापना

रामेछाप, ८ साउन । रामेछापको सुनापतिगाउँपालिका बेथानका बु’द्धिष्ट धर्मगुरु विमानसिं लामाकी आमाले उपचार अभावमा अकालमा ज्यान गु’माएको पि’डा भुल्न गाउँमै अस्पताल स्थापना गरेका छन् ।रामेछापको सुनापति गाउँपालिका वेथानका विमानसिं लामाकी आमा धनमायाले गाउँमा अस्पताल नहुँदा सामान्य उपचार समेत नपाएर अकालमा ज्यान गु’माएको पि’डा भुल्न दुर्गम गाउँ बेथानको भ्वाँसामा सुनापति भ्वाँसा च्यारेटी स्वास्थ्य केन्द्र संचालनमा ल्याएका हुन् ।गाउँमा अस्पताल नहुँदा वि’रामी काठमाण्डौंसम्म लैजान ४ घण्टा लाग्ने गर्दछ ।

आर्थिक अवस्था क’मजोर भएकाहरुले गाउँमा अस्पताल नहुँदा उपचार नपाएर आफ्नी आमाले झैं अन्य गाउँका आमाहरुले अ’कालमा ज्यान गु’माउन नपरोस् भन्ने उद्देश्यले विमानसिंले गाउँमै अस्पताल खोलेका हुन् । अस्पतालले अहिले कोरोना भाइरसका कारण लकडाउन हुँदा गाउँमा भो’कमारी भएको भन्दै निस्वार्थ भावले नागरिकहरुलाई सेवा दिँदै आएका धर्मगुरु विमानसिंसँग स्थानीयहरुले खाद्यान्न माग गरेपछि उनले पहिलो चरणमा सुनापति गाउँपालिका वडा नं–४ र ५ मा ३३ लाख बराबरको चामल वि’तरण गरेका छन् ।गाउँमा अस्पताल नहुँदा वि’रामी काठमाण्डौंसम्म लैजान ४ घण्टा लाग्ने गर्दथ्यो ।

गर्भवती महिला, बृद्धबृद्धालाई विरामी पर्दा हेलिकोप्टर नै चार्टर गर्नुपर्ने अवस्था आउथ्यो । आर्थिक अवस्था कमजोर भएकाहरु उपचार गर्न नपाएर ज्यान गुमाउन पर्दथ्यो अहिले धेरै सहज भएको छ ।लामाले गाउँमा अस्पताल सञ्चालन ल्याएदेखि आफूहरुलाई धेरै सहयोग पुगेको स्थानीय बाबुलाल तामाङले बताउनुभयो । पहिला जस्तो दुखः नभएको बताउनु भयो । गाउँमै अस्पताल खोल्न स्थानिय अभिभवाकहरुले पनि उनलाई सहयोग गरेका छन् । अस्पताल खोल्न बेलायतिभिक्षुले ७ हजार पाउण्ड रकमदिए सोही रकमवाट गाउँमा अस्पताल शुरुवात गरेका विमानसिंले अहिले स्वास्थ्यचौकीमा एक्सरे मेसिन, इसिजी र एम्वुलेन्स समेत व्यवस्थापन गरेका छन् ।

स्वास्थ्यचौकी संचालन गर्न लाखौँ मूल्यको पक्की दुईतले भवन समेत निर्माण गरेर स्वास्थ्य चौकीमा चार जना कर्मचारी अहिले कार्यरत रहेका छन् ।अहिले स्वास्थ्यचौकीमा दैनिक १० देखी २० जनासम्म बि’रामीहरु उपचार लिन आउने गरेका छन् । स्वास्थ्य चौकीमा अझै धेरै सामग्रीहरु खरिद गर्नुपर्ने र डाक्टर समेत राख्ने गरी त्यसको आर्थिक व्यवस्थापनका लागि विभिन्न दातृ निकायहरुसँग सहयोग माग्न आफु लागिपरेको संचालक लामाले बताउनुभयो ।