चिकित्सकलाई कोरोना देखिएपछि विराट नर्सिङ होम सि’ल

विराटनगर । चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरको विराट नर्सिङ होम सिल गरिएको छ ।नर्सिङ होममा कार्यरत चि’कित्सकलाई बुधबार कोरोना पुष्टि भएको थियो तर अस्पतालले नाम, ठेगाना र फोन नम्बर ग’लत दिँदा प्रहरीलाई समेत पत्ता लगाउन क’ठीन भएको थियो । विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले अर्को सू’चना नआउन्जेलसम्मको लागि नर्सिङ होम सि’ल गरिएको जानकारी दिएका छन् । संक्रमित एकाएक ह’राएको भन्दै विराटनगरभरि खैलाबैला भएपछि खोजी गर्दा अस्पतालका चिकित्सक भएको खुल्न आएको हो ।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश १ को सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालयसमेतका नि’कायसँग समन्वय गरेर विराटनगर महानगरपालिकाले अस्पताल सि’ल गरेको हो । कार्कीले भने,“हाललाई अ’निश्चित कालका लागि सबै सेवा ब’न्द गर्ने गरी सि’ल गरिएको छ तर अस्पतालमा रहेका बि’रामीको उपचार भने कायम हुनेछ । नयाँ भर्ना लिन पाइने छैन ।” अब उपचाररत बि’रामी, कर्मचारी, स्वास्थ्यकर्मी, सु’रक्षागार्डको परीक्षणपछि अस्पताललाई नि’र्मलीकरण गरिने बताइएको छ ।

यसैबीच, बिहीबार प्रदेश १ मा १३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ८, सुनसरी र धनकुटामा दुई र झापामा एक जनामा संक्रमण देखिएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ४ पुरुष, बुढीगंगामा ३ पुरुष र १ महिला, सुनसरीको कोशी गाउँपालिकामा २ पुरुष, धनकुटाको छथर जोरपाटीमा २ पुरुष र झापाको अर्जुनधारामा एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा संक्रमितको संख्या ८ सय ४८ पुगेको छ । प्रदेश १ बाट आज १० जना डिस्चार्ज भएका छन् । पू