अस्पतालमा भावुक भए कोरोनाको उपचार गराइरहेका अमिताभ वच्चन

एजेन्सी- बलिउड अभिनेता अभिताभ वच्चन मुम्बईको नानावती अस्पतालमा कोरोनाको उपचार गराइरहेका छन्। उनीसँग उनीकी बुहारी तथा बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या राय, अभिषेक वच्चन र नातिनी आर्य राय वच्चन पनि अस्पतालमा रहेका छन्। कोरोना संक्रमणपछि आइसोलेसनमा भएपनि अमिताभ सामाजिक सञ्जालमा सक्रिय रहेका छन्। अमिताभले पोल्यान्ड विश्वविद्यालयको एक भिडियो शेयर गर्दै भावुकता प्रर्दशन गरेका छन्। उक्त विश्वविद्यालयका छात्रहरुले अमिताभका पिता हरिवंश राय वच्चनको चर्चित रचना मधुशाला गाइरहेका थिए।

उनले उक्त भिडियो भावुक हुँदै शेयर गरेका छन्। अमिताभले दुई दिन पहिले एक ब्लग समेत अस्पतालबाट लेखेका थिए। उनले लेखेका छन् ‘मेरो आँखाबाट आँसु आएको छ। पोल्यान्डको सहर व्रोकलाको साहित्यका लागि मधुशाला पाठ गरेका थिए। उनीहरु यो सन्देश दिन चाहन्थे कि ब्रोकला डा हरिवंश राय वच्चनको शहर हो। यो प्रेमभन्दा ठूलो केही छैन। तपाईंहरुले यो परीक्षाको घडिमा मलाई पठाउनुभएको छ। तपाईंहरुले मेरो लागि प्रार्थना पठाउनुभएको छ। तपाईंले मलाई आशिर्वाद पठाइरहनुभएको छ।’ केही दिन पहिला उनले पिताको कविता शेयर गरेका थिए।

अहिले वच्चन परिवार कोरोनासँग संघर्ष गरिरहेको छ। सुरुमा अमिताभ र अभिषेक वच्चनलाई कोरोना पुष्टि भएको थियो। त्यसपछि ऐश्वर्या र आराध्यालाई देखिएको थियो। पहिलो दुई दिन होम क्वारेनटाइनमा बसेका ऐश्वर्या र आराध्यापछि नानावती अस्पतालमा भर्ना भएका थिए। हाल उनीहरु अस्पतालमै रहेका छन्।