सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला…

काठमाडौं, नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गर्न थालेको छ । आज शुक्रबार पनि सुन चाँदीको मूल्यले ईतिहास रचेको छ । बिहीबार ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १३ सय रुपैयाँले बढेर ९५ हजार ८०० रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा १३ सय रुपैयाँले नै बढेर ९५ हजार ३६५ रुपैयाँ पुगेको छ ।चाँदी पनि आज शुक्रबार तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी आज प्रति तोला ११ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८२ हजार १३५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८१ हजार ७६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९८६ रुपैयाँ कायम गरेको छ ।सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमै घटबढ भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।