भारतको मध्यप्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण

एजेन्सी ।भारतको मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानलाई कोरोना भाइरसको संक्रमण भएको छ। मुख्यमन्त्री चौहानले शनिबार ट्वीट गरेर आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिलाई क्वा’न्टिनमा बस्न अ’पिल गरेका छन्। मुख्यमन्त्री चौहानले लेखेका छन्, ‘मेरा प्रिय प्र’देशबासिन्दाहरु, मलाई को’भिड–१९ को लक्षण देखिएको थियो, परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आयो । मेरा सबै साथीहरुसँग अपिल छ कि जो कोही मेरो सम्पर्कमा आउनु भएको थियो सबैले कोरोना परीक्षण गराउनु होला ।यस्तै मेरो सम्पर्कमा आउनु भएकाहरु क्वा’रेन्टिनमा बस्नु होला ।’

उनले लेखेका छन्, ‘मैले को’भिड–१९ का सबै नि’यमहरु पालना गरेको छु । डाक्टरको सल्लाह अनुसार सेल्फ आइसोलेशनमा छु । प्रदेशका बासिन्दासँग सा’वधानी अपनाउन अ’पिल छ ।’यसैबिच कांग्रेसका वरिष्ठ नेता दि’ग्विजय सिंहले चौहानको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । तर उनले व्यं’ग्य पनि प्र’हार गरेका छन् । सिंहले लेखका छन्, ‘दुःख लागेको छ शिवराज जी, तपाईलाई कोरोना संक्रमण भयो । ईश्वरले तपाईँलाई चाँडो स्वस्थ बनाउन् । तपाईँले सामाजिक दूरीको ख्याल गर्नु पर्ने थियो, जुन गर्नु भएन । ममाथि त भोपाल प्रहरीले उ’जुरी द’र्ता गरेको थियो । तपाईँमाथि कसरी गर्थे । अब आ’इन्दा ख्याल गर्नु होला ।’