असारे विकासको प्रभाव २४ घन्टा नबित्दै सडक भ’त्कियो, कोरोनालाई दो’ष

१० श्रावण २०७७, शनिबार महोत्तरी। आर्थिक वर्षको अन्त्यमा अर्थात जेठ महिना लागेपछि मात्रै विकास निर्माणका कामलाई तीव्रता दिने नेपाली परिपाटी पुरानै रहेको छ । यो वर्ष झन् कोरोना रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनको कारण विकास योजनाका काम न्यून मात्रै हुने देखिएको छ । महोत्तरीमा असारे विकासको प्रतिफल देखिन थालेको छ । मसान्तमा हतार हतार गरिएको काममा गुणस्तरहिन र कमसल समाग्रीको प्रयोगका कारण यसको प्रभाव २४ घण्टा नवित्दै देखिन थालेका हुन् ।

महोत्तरीमा प्रायः जसो विकास निर्माणका कामहरु असार लाग्न सुरु गरेपछि मात्र हुने गरेको छ । असार मसान्तमा समयको कमि देखाउँदै कमसल र गुणस्तरहिन समाग्रीको प्रयोग गरेर निर्माणको काममा समेत व्यापक अ’नियमितता हुने गरेको जनगुनासो बढ्न थालेका हुन् । अन्तिम समयमा आएर गरिने विकास निर्माण र योजनाका कामले गर्दा यो वर्ष विकास योजनाका काममा पनि कमिशनको खेल भइरहेका धरै जसो निर्माण काममा देखिएको छ ।यसै गरि महोत्तरीको बर्दिवास नगरपालिका९१० खैरमरामा निर्माण भएको कालोपत्रे सडक २४ घण्टा नवित्दै भ’त्किन थालेपछि स्थानीयहरु आन्दोलित भएका छन् ।

शहरी विकास तथा भवन निमार्ण विकास योजना मार्फत संघबाट ३० लाख र प्रदेश नम्वर २ भैतिक विकास कार्यालय बाट रु १५ गरि जम्मा रु ४५ लाखमा सडक निर्माण भइरहेको कालो पत्रे सकडमा गुणस्तरहीन र कमसल समाग्रीको प्रयोग भइरहेको देखिएको छ ।सडक निमार्णमा ६ मिटर चौडाईमा १० से.मि. उचाई, ५ः५ मिटर बेसको १५ से.मि हाईट , ५मिटर ३ से.मि. कालो पाता गरि जम्मा ६५२ मिटर कालो पत्रे सडकमा १ नं कालो पाताको र मापदण्डमा परेको गिट्ठीको प्रयोग गर्नुपर्ने सरकारी नियममा रहेतापनि कसमल पाताको प्रयोग गरेको निमार्ण समितिका अगुवा प्रेम ध्वज लामा बताए।

संसदीय विकास कोषबाट ४५ लाख लागतमा ६५२ मि. भइरहेको कालो पत्रेमा कमसल सामाग्रीको प्रयोग भइरहेपनि पटक पटक स्थानीय बासिन्दाले विरोध गरेका थिए । विरोध गर्दा समेत कमसल निर्माण काम नरोकिएको र उपभोक्ता समिती बनाएर भइरहेको काममा कमिशनको चलखेलमा लागेको स्थानीयको भनाइ छ । निर्माणको काममा कमसल समाग्रीको प्रयोग भइरकेको कुरा बर्दिवासका मेयर विदुर कुमार कार्कीलाई अवगत गराएका थियौँ, स्थानीयले भने, मेयरले समेत कुनै चासो न राखि हाम्रो आखाँमा धुलो झोकी रातारात काम गराइन्, निमार्ण समितिका सदस्य रहुप अनसारीले भनिन् ।

जिल्लामा योजना सम्झौता ८० प्रतिशतभन्दा बढी आसोज र कार्तिकमा भएपनि कमिशनको चलखेलका कारण विकास निर्माण मात्र असारमा हुने गरेको स्थानीयको भनाइ छ । यता काम विग्रिएपछि दुईओटै निमार्ण समितिका अध्यक्ष देखि सदस्य सम्म पन्छिन थालेका छन् । सरकारी योजनाको विषयमा ,ठेक्का टेन्डरको व्यवस्था हुन्छ तर यस विषयमा कुनै कुराको जानकारी नभएको र यो सबै काम मेयर स्वयम्ले गरेको समितिका अध्यक्ष ज्ञानी राय यादवले बताए ।यता बर्दिवास नगरपालिकाकी उप प्रमुख कृष्ण माया गौतमे उपभोत्ता समिति मार्फत नै काम गराएको दाबी गर्नुभएको छ ।

उनले उपभोक्ता समितिद्वारा काम गराएको भएपनि समयको अभावको कारणले नगर प्रमुख मार्फत यो ठेक्का मार्फत गराएको स्पष्ट पारे। यता यसबर्ष लकडाउनको बहाना बनाएर समयमा कामदार नपाइने, सामान नपाइने लगायतका समस्या देखाउँदै कमसल समाग्रीको धमाधम प्रयोग भइरहेपनि अनुगमण निकायले अहिले सम्म कुनै चासो लिएको छैन । अहिले मानिसहरुमा विकास निर्माणको कामभन्दा स्वास्थ्यप्रति चिन्ता र तनाब बढेको बेलामा कमसल समाग्रीको प्रयोग बढेको र यस विषयमा बर्दिवासका मेयर कार्कीले समितिका सबै सदस्य लगायत अगुवा व्यक्तिलाई मानसिक यातना गरेको कुरा स्थानीय राजु भुसालले बताए ।

यो बर्ष कोरोनालाई बहाना बनाएपनि विकास निर्माणको काम अरु आर्थिक वर्षमा पनि खासै हुने गरेको थिएन । कतिपय विकास निर्माणका काम नहुने र बजेट फ्रिज हुने अवस्था विगतदेखि नै रहेको छ । अर्कोतिर हतारमा भएको निर्माण कार्य पनि दिगो र गुणस्तरीय हुँदैन । आर्थिक वर्षको अ’न्त्यमा असारे विकासको नाममा खर्च हुने महोत्तरीको पुरानै परिपाटी हो । यस्तो परिपाटीलाई नियन्त्रण गर्न भन्दै विभिन्न प्रयासहरु भएका छन् । तर ती प्रयास प्रभावकारी हुन सकेको छैन । यसमा कतै न कतै पैसाका चलखेल भएको देखिन्छ ।

बर्दिवास नगरपालिका मेयर विदुर कुमार कार्कीले खैरमारामा ब’न्दै गरेको कालो पत्रे सडक विग्रिएको मुख्य कारण प्रवधिक गडवडी रहेको भन्दै जिम्मेवारीबाट पन्छिन खोजेका छन् । साथै , उनले निर्माणमा ठेक्केदार पक्षको ग’लती नभई आफुहरु दो’षी रहेको बताएका छन् । यस विषयमा ठेक्केदार भने मौन रहेका छन् ।