कोरोना महामारीबीच जनकपुरमा मेला

जनकपुरधाम ।कोरोना भाइरसको म’हामारीबीच जनकपुरधाममा मेलाको आयोजना गरिएको छ । शनिबार नागपञ्चिमको अवसरमा जनकपुरधामको वि’षहारा मन्दिरमा मेला लाग्दा पनि प्रहरी प्रशासनले चा’सो लिएको छैन ।जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालय धनुषाकै छेउमा मेलाको आ’योजना गरिएको थियो । सयौँको संख्यामा मेला हेर्ने आएकाहरु विना मास्क निस्केका छन् ।नेपाल सरकारले लकडाउन खोले पनि भि’डभाड नगर्न भनेको अवस्था छ । कोरोना भाइरसको महामारीको जो’खिमलाई ख्याल नगरी मेलाको आयोजना गरिएको देखिएको छ ।

प्रादेशिक अस्पताल जनकपुर अन्तर्गतको कोभिड १९ विशेष अस्पताल जनकपुरका प्रमुख डा. जामुन सिंहले अहिले कोरोना भाइरस ग’म्भिर बन्दै गइरहेको समय सर्वसाधारणले वे’वास्ता गरेको जानकारी दिए ।‘अब कोरोनाको ग’म्भीर रो’गीहरु आइरहेको समय सर्वसाधारण विना मास्क बाहिर आउने गरेका छन् । उनीहरुको नजरमा कोरोना गइसकेको छ,’ उनले भने ।यता धनुषाका प्रमुख जिल्ला अधिकार कोषहरि निरौलाले आफुलाई अहिले थाहा भएको यसलाई ब’न्द गराउन प्रहरीलाई भनेको सीडीओ निरौलाले बताए ।