फेसबुक र टिकटकमा युवतीको मायाजाल, अमेरिका लैजाने भन्दै…

काठमाडौं । फेसबुक र टिकटकका माध्यमबाट लाखौं रकम ठ’गेको आरोपमा दुई युवती पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले बागलुङ घर भई हाल भक्तपुर रोजभिलेज कोलोनीमा बस्दै आएकी २७ वर्षीय कोपिला शर्मा र बागलुङकै १९ वर्षीया अमिशा केसीलाई पक्राउ गरेको हो ।उनीहरुले फेसबुक र टिकटक एपबाट युवाहरुलाई फ’लो गर्ने र आफू अमेरिकाको डीभी होल्डर भएको, क्या’र्लिफोर्नियामा बस्दै आएको र बिहे गरेर अमेरिका लैजाने भन्दै लाखौं ठ’गेको पाइएको महाशाखाले जनाएको छ ।

उनीहरुले युवालाई मा’याजालमा पारेर विभिन्‍न व्यक्तिसँग ६ लाख ६० हजार रुपैयाँ ठगेको खुलेको छ । उनीहरुलाई बुटवलबाट पक्राउ गरिएको हो ।प्रहरी अनुसन्धानका क्रममा उनीहरुले केही फिल्मकर्मीलाई पनि ठ’गेको पाइएको छ । उनीहरुले टिकटक र फेसबुकमा साथी बनाउने, फ’लो गर्ने त्यसपछि आफूहरु फ्यान भएको भन्दै सम्बन्ध अगाडि बढाउने गरेको खुलेको छ । अनुसन्धानका क्रममा उनीहरुले आफूहरु लकडाउनका कारण नेपालमै अ’ल्झिएको बताउँदै विश्वास दिलाएर ठ’गेको पाइएको छ ।यस्तै भक्तपुरकी एक युवतीसँग मि’तेरी लगाई अमेरिका लैजान्छु भन्दै एक लाख ६० हजार रुपैयाँसमेत ठ’गेको पाइएको छ ।