प्रहरी मुख्यालयमा चार प्रहरीलाई कोरोना संक्रमण, सवारी शाखा सि’लबन्दी

काठमान्डौ , प्रहरी प्रधान कार्यालयस्थित सवारी शाखामा कार्यरत चार जना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत प्रहरीलाई संक्रमण देखिएकाले उनीहरुलाई प्रहरी अस्पताल मार्फत टेकु पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले जानकारी दिए ।प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले भने, ‘चार जनामा पुष्टि भएपछि क’न्ट्याक ट्रे’सिङबाट थप प्रहरी अधिकारीको स्वा’ब संकलन गरिएको छ ।’

त्यसमा पनि केहीमा संक्रमण पुष्टि भएको खबर आएको भएपनि यसलाई गो’प्य राखेर उनीहरुको परिवारमा स्वाव संकलन भैरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।अहिले प्रहरी प्रधानकार्यालयको सवारी शाखालाई सि’लबन्दी गरी अन्यत्र सारिएको छ । अहिले प्रहरी प्रधानकार्यालयमा सर्वसाधारणलाई प्र’वेश नि’षेध गरिएको छ भने सवारी शाखाका अन्य प्रहरीको स्वा’ब संकलन गरी परिक्षणको लागि पठाइएको छ ।