‘भिटामिन ‘डी’को कमी भएमा कोरोनाभाइरस सङ्क्रमणको ख’तरा बढी हुने’

जेरूसेलम । इजरायली अनुसन्धानकर्ताहरूको एक अध्ययनले रगतमा भिटामिन ‘डी’को कमी भएका व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको ख’तरा बढी रहने देखाएको छ ।लि’उमिट स्वास्थ्य सेवा तथा बा’र इ’लान विश्वविद्यालयको अध्ययन सार्वजनिक गर्दै ए’फइबीएस नामक स्वास्थ्यसम्बन्धी पत्रिकालाई उद्धृत गर्दै आइतबार इ’जरायली अधिकारीहरूले उक्त कुरा बताएका हुन् । अनुसन्धानकर्ताहरूले भने, “कोरोनाभाइरस र भिटामिन ‘डी’ परीक्षण गरिएका लि’उमिट स’मूहका सात हजार ८०७ व्यक्तिहरूमध्ये जसकोे र परीक्षणका क्रममा भिटामिन ‘डी’ को कमी थियो उनीहरूमध्ये धेरै सङ्क्रमित थिए ।”

उक्त समूहले भिटामिन ‘डी’ को क’मी देखिएकामध्ये १०।१ प्रतिशत व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित पाइएको बताएको छ । सङ्क्रमण नदेखिएका व्यक्तिकोभन्दा सङ्क्रमण देखिएका व्यक्तिमा भिटामिन ‘डी’ को मात्रा स्व’भाविक धेरै भेटिएको थियो ।अनुसन्धानले प्रतिमिलिलिटर ३० नानोग्राम भिटामिन ‘डी’ भएका व्यक्ति सजिलै सङ्क्रमित हुने खतरा बढी रहेको पाइएको बताएको छ । जबकि भिटामिन ‘डी’ को मात्रा सामान्य रहेका व्यक्ति तुलनात्मक रूपमा भिटामिन ‘डी’को कमी भएका व्यक्तिभन्दा कम सङ्क्रमित पाइएका थिए ।

यसैगरी भिटामिन ‘डी’ को क’मी भएका कोभिड–१९ सङ्क्रमितलाई सङ्क्रमणपछि पनि ग’म्भीर स’मस्या देखिने र अस्पताल भर्ना गर्नुपर्ने देखिएको अध्ययनको निष्कर्ष रहेको छ । अचम्मको अर्को कुरा के छ भने अध्ययनले म’नोभ्रंश, मु’टु रो’ग र फो’क्सोको स’मस्या रहेका वि’रामी भएकै कारण उनीहरूमा कोभिड–१९ सङ्क्रमण दर ब’ढी नपाइएको बताएको छ ।