अर्थमन्त्री युवराज खतिवडा र सचिववि’रुद्ध अख्तियारमा उ’जुरी

काठमाडौं, ‘इनफ इज इनफ’ का अभियन्ताले अर्थमन्त्री युवराज खतिवडा र सचिवहरु शिशिर कुमार ढुङ्गाना र रामशरण पुडासैनीविरुद्ध अख्तियारमा उ’जुरी दिएका छन्। आइतबार ५० जना अभियन्ताले मन्त्री खतिवडा र सचिव द्वयवि’रूद्ध अख्तियारमा उ’जुरी द’र्ता गराएका हुन्। अभियन्ताहरूले कोरोनाभाइरसको म’हामारीबाट नागरिकहरूलाई जोगाउन ठूलो बजेट खर्च गर्दा अनुगमन नगरेको भन्दै उ’जुरी दिएका हुन्। अनुगमन नगर्दा भ्रष्टाचारलाई प्रोत्साहन दिएको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐ’न, २०४८ बमोजिम का’रबाही गर्न अभियन्ताहरूले आ’ग्रह गरेका छन्।

‘यसअघि हामीले पहिलो चरणमा स्वास्थ्यमन्त्री वि’रूद्ध उ’जुरी हालेका थियौं, अहिले दोस्रो चरणमा हामीले अर्थमन्त्री र सचिव वि’रूद्ध उ’जुरी हाल्यौं,’ अ’भियान्ता पुकार बमले भने, ‘अझै पनि सरकारले बे’वास्ता गर्छ भने हामी अर्को चरणमा पुग्छौँ र गृहमन्त्री, गृहसचिव लगायत वि’रूद्ध चरणबद्ध रूपमा उजुरी दिन्छौं।’ साथै कोरोनाभाइरस म’हामारीको व्यवस्थापन, नियन्त्रण, न्युनीकरण तथा रोकथामको लागि खर्च भएका वास्तविक विवरण समेत मा’ग गरेका छन्। सूचना सम्बन्धी हकको नि’वेदन दर्ता गर्दै उनीहरुले केन्द्र, प्रदेश तथा स्थानीय तहबाट भएका खर्चहरूको विवरण मा’ग गरेका हुन्।

यसअघि सरकारले गरेको कामप्रति अ’सन्तुष्टि जनाउँदै अभियन्ता ‘ई’ लगायत अ’नशनमा बसेका थिए। सरकार र अभियन्ताहरूबीच १२ बुँदे सम्झौता भएपछि ई र पुकार ब’मले अ’नशन तो’डेका थिए। त्यही सम्झौता पुरा नगरेको भन्दै ई, समाइरा श्रेष्ठ र करण गुरूङ नौं दिन देखि अ’नशनमा छन्। उनीहरू बसन्तपुर दरबार स्क्वायरमा अ’नशनरत छन्। आफ्नो स’म्झौताको पालना गर्न र अनशनरत अभियन्ताहरूको जीवन र’क्षा गर्न उनीहरुले आ’ग्रह गरेका छन्।