अ’वैध रुपमा भि’त्रिएका भारतीयले सङ्क्रमण ब’ढाएको गु’नासो

वीरगञ्ज, १२ साउन । अ’वैद्य तरिकाले नेपाल भि’त्रिरहेका भारतीय कामदारले बारा पर्सामा कोरोना भाइरस (को’भिड १९)को सङ्क्रमण फै’लिएको गु’नासो आउन थालेको छ ।आवश्यक हो’शियारी र सु’रक्षा मा’पदण्ड अ’पनाएर उद्योग, व्यवसाय गर्न दिने सरकारी नि’र्णयपश्चात् पर्सा–बारा औ’द्योगिक क’रिडोरमा रहेका उद्योगले भारतीय कामदार भि’त्र्याएका हुन् ।पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले उ’द्योगहरुले भारतीय मजदुर अ’वैद्य रुपमा ल्याएर कोरोनाको सङ्क्रमण फै’लाएको व्यापक ज’नगुनासो आएको स्पष्ट पार्नुभयो ।

यही गु’नासोका आधारमा ती उ’द्योगहरुको अ’नुगमन सुरु गरिएको पनि बस्नेतले बताउनुभयो ।उद्योग सञ्चालन गर्न सरकारले मा’पदण्ड तोकेको छ । का’मदारको पीसीआर परीक्षणलाई अनिवार्य गरिएको छ । कामदारलाई १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गराउनुपर्ने र उद्योग परिसरभित्रै बस्ने व्यवस्था ’मिलाउनुपर्छ । तर यो मा’पदण्डलाई पर्सा–बारा औद्योगिक क’रिडोरका अधिकांश उद्योगले पा’लना नगरेको जनगुनासो छ । यो खबर आजको गोरखापत्र दैनिकमा छा’पिएको छ ।