सुरक्षा निकायमध्ये नेपाल प्रहरीमा कोरोना संक्रमित सबैभन्दा बढी

काठमाडौं । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीतर्फका गरी २ सय ८४ जना सु’रक्षाकर्मीलाई कोरोना संक्रमण भएको छ । सरकारले स्वास्थ्यकर्मीपछि सु’रक्षा अं’गलाई कोरोना संक्रमणको जो’खिम न्यूनीकरण तथा नियन्त्रणका लागि अ’ग्रपंक्तिमा ख’टाएकामा सु’रक्षाकर्मीतर्फ हालसम्म २ सय ८४ जनामा संक्रमण देखिएको हो ।जसअनुसार तीनवटै सु’रक्षा अं’गका गरी हालसम्म २ सय ३० जना सु’रक्षाकर्मी उपचारपछि निको भएर नियमित काममा फर्किसकेका छन् । नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषवल्लभ पौड्यालले नेपाली सेनातर्फ ७९ जनामा संक्रमण देखिएकामा आइतबारसम्म ७० जना उपचारपछि नि’को भएर नियमित काममा फ’र्किसकेको जानकारी दिए ।

उनका अनुसार नेपाली सेनातर्फ ९ जना भने उपचारकै क्रममा छन् । उनीहरूमध्ये एक जनाको सैनिक अस्पताल र बाँकीको सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।‘७९ जनामा संक्रमण देखिएकामा ७० जना उपचारपछि ड्यु’टीमा फ’र्किसकेका छन् ।बाँकी ९ जनामध्ये एक जनाको सैनिक अस्पताल र बाँकीको सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको छ,’ सैनिक प्रवक्ता पौड्यालले राजधानीसँग भने ।यसैगरी, नेपाल प्रहरीतर्फ १ सय १९ जनामा संक्रमण देखिएकामा ९५ जना उपचारपछि नि’यमित ड्यु’टीमा फर्किएका छन् । यो खबर आजको राजधानी दैनिकमा छ ।