विराटनगरमा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवा आजदेखि स्थ’गित

काठमाडौं : विराटनगर महानगरपालिकाले कोभिड–१९ को संक्रमण स’मुदायमा फै’लिन सक्ने सम्भावनालाई न्यूनीकरण गर्न अत्यावश्यक सेवाबाहेक अन्य कार्य आजदेखि स्थ’गित गरेको जनाएको छ। महानगरपालिका प्रमुख भीम पराजुलीको अध्यक्षतामा बसेको नगरस्तरीय को’भिड–१९ सं’कट व्यवस्थापन समिति (सी’सीएमसी) बैठकले नगर तथा वडा कार्यालयले प्रदान गर्ने अत्यावश्यक सेवाहरु दमकल, एम्बुलेन्स, स्वास्थ्य, सरसफाइ, राजश्व व्यवस्थापन, सामाजिक सुरक्षा तथा अत्यावश्यक सिफारिस बाहेक अन्य सबै सेवा आजदेखि स्थ’गित गर्ने निर्णय गरेको हो।

संक्रमितको संख्या दिन प्रतिदिन वृद्धि हुँदै गएकाले स’चेतनाका साथ स्वास्थ्य एवं सु’रक्षामा आजदेखि थप क’डाइ गरिने महानगरपालिकाले जा’री गरेको वि’ज्ञप्तीमा जनाइएको छ । अर्को सुचना जा’री नहुन्जेल अ’वैध आगमनलाई नियन्त्रण गर्ने, सिटी रिक्सा सवारीमा सामाजिक दूरी कायम गर्ने, चोक, बजारमा भी’डभाड गरेर लाग्ने पसल व्यवसायलाई नियन्त्रण गर्ने, अनिवार्य मास्क लगाउनुपर्ने तथा सामाजिक दूरी कायम राख्नुपर्ने बताइएको छ।