नेपाली भूमि लिपूलेक, कालापानी र लिम्पीयाधुरा क्षेत्रमा सुरक्षा व्यवस्था क’डा !

काठमाडौं । भारतले नेपाली भूमि लिपूलेक, कालापानी र लिम्पीयाधुरा क्षेत्रमा सु’रक्षा व्यवस्था क’डा पारेको छ । केहीदिन अघि मात्रै भारतले कालापानी, लिम्पीयाधुरा लगायत नेपालसँग वि’वादित भूमि आफ्नो दा’वी गर्दै सो क्षेत्रमा नेपालीहरू नपठाउन नेपाललाई आ’ग्रह गरेको थियो ।त्यसकाे केही समयपछि सो क्षेत्रमा भारतले बि’गतका भन्दा क’डा सुरक्षा व्यवस्था पार्दै सीमामा भारतीय सु’रक्षाबल ए’सएसबीको संख्या बढाएको स्थानीय बताउछन् । अहिले भारतले दार्चुलाकाे कालापानीसहित प्रत्येक सं’वेदनशील क्षेत्रमा ३ देखि ५ किलोमिटरको दुरीमा सु’रक्षा पाे’ष्ट राखेको स्थानीयकाे भनाइ छ ।

केही दिनअघि मात्रै सशस्त्र क्या’म्प छा’ङ्ग्रुबाट कालापानी क्षेत्रमा ग’स्तीका लागि गएको सशस्त्रलाई भारतीय सीमा सु’रक्षाबल ए’सएसबीले ३ किलोमिटर ओरैबाट फ’र्काइदिएको स्थानीय ज’नप्रतिनिधीहरूकाे भनाइ छ ।भारतले लकडाउनको अवसर पारेर नेपाली भूमि हुँदै मानसरोबार जाने बाटो उद्घाटन गरेपछि नेपाल सरकारले पनि सो क्षेत्रसहित स’मेटिएको नेपालको आधिकारिक नक्सा छापेको थियो । तर नेपाल सरकारले औपचारिक वार्ता गर्न सकेको छैन । नेपाल सरकारको तर्फबाट वि’वादित भूमिको केही किलोमिटर यता छा’ङ्ग्रु भन्ने ठाउँमा सशस्त्र बे’श क्या’म्प भने ख’डा गरेको छ ।

त्यस्तै नेपाली सेनाले दार्चुला टिं’कर सडक योजना बनाएर उत्तरी तर्फ रहेको ८७ कि.मि सडकखण्ड नेपाली सेना मार्फत निर्माण भइरहेको छ । असार ३ गते नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल कालापानी क्षेत्रको अनुगमन गरेर फ’र्किनु भएको थियो ।सो क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक लिलिबहादुर चन्दको क’माण्डमा २५ सशस्त्र प्रहरी ख’टाइएको छ । त्यसअघि नेपाली सेनाको हेलिकप्टरबाट दुई पटक गरेर सशस्त्र प्रहरी, नेपाल प्रहरी र बि’ओपीका लाग चाहिने सामान छा’ङ्ग्रु पुर्‍याएको थियो । सोही टोलीले कालापानी क्षेत्रमा ग’स्ती गर्दै आएको थियो ।

तर अहिले भारती सीमा सु’रक्षा ब’लले उनीहरुलाई सीमा क्षेत्रमा नि’र्वाद रूपमा ग’स्ती गर्न दिईरहेको छैन ।भारतले केहिदिन अघि मात्रै कालापानी क्षेत्रमा नेपालीहरुलाई अवताजावतमा प्र’तिबन्ध लगाएको छ ।उसले दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई कुटनीतिक नो’ट पठाउदै सो क्षेत्रमा नोपालीलाई आवतजावतमा रो’क लागाउन भनेको थियो । हालै भारतलाइ जिल्ला प्रसाशन कार्यालय दार्चुलाले लिम्पीयाधुरा र लिपुलेक क्षेत्र नेपालको भएको र त्यहाँ आफ्ना जनता नि’र्वाधरुपमा आ’वतजावत गर्न कसैले पनि रो’क्न नसक्ने र घुमाउरो पारामा भारतले यसलाई आ’पत्ति जनाउनुपर्ने अवस्था नरहेको जवाफ दिएकाे छ ।