थप २१० जनामा कोरोना पुष्टि, कुल संक्रमित १९२७३ मध्ये १४०२१ जना निको भए

१४ श्रावण २०७७, बुधबार काठमाडौं । नेपालमा बुधबार २१० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले देशभरका बिभिन्न प्रयोगशालामा ६ हजार ३७ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममापछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना पुष्टि भएको जानकारी दिए। योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १९ हजार २७३ पुगेको छ। जसमध्ये १४ हजार २१ जना निको भएर फर्किएका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै १ सय ४६ जना निको भएर घर फर्किएका छन्। हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३६० रहेको छ। यस्तै १४ हजार ४७१जना क्वारेन्टिनमा रहेका छन्। त्यसैगरी देशभरका बिभिन्न क्वारेनटिनमा १४ हजार ४७१ जना रहेका छन् ।