उदयपुरको कटारीमा कोरोना संक्रमणको जो’खिम, बजार ब’न्द गरियाे

उदयपुर । उदयपुरको कटारीमा स’मुदायस्तरमा कोरोना फैलिन सक्ने जो’खिम बढेपछि कटारी बजार ब’न्द गरिएको छ । ताप्ली गाउँपालिका-२ निवासी एक महिलामा सोमबार कोरोना संक्रमण पुष्टि भएपछि जो’खिम बढेको भन्दै कटारी नगरपालिकाले बजार ब’न्द गर्ने निर्णय गरेकाे हाे ।बजार ब’न्दको निर्णयसँगै बिहानैदेखि प्रहरी इन्स्पेक्टर प्रमोद कार्कीको ने’तृत्वमा बजारमा प्रहरी परिचालन गरिएकाे छ । बिहाने खुलेका केही पसलहरु पनि ब’न्द गराइएकाे छ ।श्वासप्रश्वासमा समस्या भएपछि गत शुक्रबार कटारी मोडल हेल्थ केयर प्रालिमा उपचारका लागि आएकी थिइन् ।

त्यसपछि उनलाई विराटनगर रे’फर गरिएकाे मोडेल हेल्थ केयर प्रा.ली. का संचालक तथा डाक्टर गणेश लाल दासले जानकारी दिनुभयाे ।आफूले स्वास्थ्य सुरक्षा अ’पनाएर ती महिलाको उपचार गरी विराटनगर पठाएको डा. दासले बताउनुभयाे । उहाँले भन्नुभयाे, ।‘बि’रामी आएपछि उपचार गर्नु हाम्रो कर्तब्य हो ।’उनको सम्पर्कमा आएका सबैको स्वाब संकलन गरी नतिजा नआएसम्म अत्यावश्यक कामबाहेक बजारका सबै क्षेत्र ब’न्द गर्ने निर्णय भएको मेयर ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिनुभयाे । उहाँले भन्नुभयाे, ‘आजदेखि सबै ब’न्द गराउने निर्णय गरेका छौं।

अत्यावश्यक कामका लागि पनि अनिवार्य मास्क प्रयोग गर्न र नगरवासीलाई स’चेत रहन माइकिङ गर्नेलगायतका कार्यलाई निरन्तरता दिएका छौँ ।’नगरपालिकाले स’मुदायमा कोरोना संक्रमण फै’लिन सक्ने जो’खिम न्यूनिकरणका लागि अत्यावश्यक कामबाहेक व्यापार व्यवसाय, सवारी , कार्यालय , होटल व्यवसाय सबै क्षेत्र ब’न्द गरिएको उल्लेख गर्दै सू’चना जा’री समेत गरेको छ ।नगरपालिकाले कोरोना नियन्त्रण गर्ने अ’भियानमा सहयोग गर्न नगरवासीलाई आ’ग्रह गरेको नगर उप प्रमुख भीम कुमारी राउतले बताउनुभयो।केयर प्रा.ली. पनि ब’न्द गरिएकाे छ ।

जो’खिम न्युनिकरणका लागि हाललाई अस्पताल ब’न्द गरिएको हो । कोरोना संक्रमण देखिएको महिला हाल विराटनगर स्थित को’भिड अस्पतालमा रहेको र अवस्था सामान्य रहेको पनि कटारीका स्वास्थ्य शाखा प्रमुख दाहालले बताउनुभयो ।दाहालले जिल्ला जनस्वास्थ्यको टोली ताप्ली गएर थप अनुसन्धान गरेपछि मात्रै समुदायस्तरमा संक्रमण देखिएको हो, होइन भन्न सकिने बताए । कटारी मोडेलका संचालक लगायत स्वा’स्थकर्मीको शुक्रवार स्वा’ब संकलन गरी परीक्षणको लागि प’ठाइने प्रमुख दाहालले बताउनुभयाे ।न्युज २४