प’हिरोमा पु’रिएर आमाछोरीको मृ’त्यु

दाङ – दाङमा प’हिरोले पु’रिएर आमाछोरीको मृ’त्यु भएको छ । बङ्गलाचुली गाउँपालिका–५ साकिने भन्ने स्थानमा आज बिहान करीब ३ बजे घरमाथिबाट ख’सेको पहिरोले घर पु’रिँदा उनीहरुको मृ’त्यु भएको गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए ।घरमाथिबाट ख’सेको प’हिरोले पु’र्दा सा’किनेकी २४ वर्षीया बाटुली नेपाली र उनकी दुई वर्षीया छोरी आयुष्माको मृ’त्यु भएको गाउँपालिका अध्यक्ष वलीले पुष्टि गरेका छन् । घरमा रहेका पाँच जनामध्ये अन्य तीन जना भने स’कुशल छन् ।

सो घरमा मृ’तक बा’टुकीका सासूससुरा र जेठाजु बस्दै आएका थिए । मृ’तकका श्रीमानको केही समयअघि मृ’त्यु भइसकेको बताइएको छ ।घोराही बजारबाट करीब ३७ किलोमिटर पूर्व उत्तरमा सो घ’टना भएको हो । बङ्गलाचुली गाउँपालिका पहाडी भेग भएकाले सो स्थानका अधिकांश बस्ती अहिले पनि पहिरोको उच्च जो’खिममा छन् ।केही दिनयताको लगातारको वर्षातका कारण बङ्गलाचुलीका अधिकांश स्थानका बस्ती प’हिरोको उच्च जो’खिममा परेका हुन् ।