आ’युर्वेदिक औ’षधिले ३३ कोरोना संक्रमित ७ दिनमै स्वस्थ

काठमाडौं, काठमाडौंको कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान अस्पतालमा भर्ना भएका कोरोना संक्रमित ३३ जना ७ दिनमै निको भएको त्यहाँका चिकित्सकले दा’बी गरेका छन् । गत असार २५ र २६ गते भर्ना भएका उनीहरू एक हप्तामै डिस्चार्ज भएको उनीहरूको भनाइ छ । अस्पतालका चिकित्सकका अनुसार उनीहरू भर्ना भएपछि आयुर्वेद विज्ञ चिकित्सक टोलीबीच छलफल गरी श्वा’सप्रश्वाससम्बन्धी रो’गमा प्रयोग हुने र रो’ग प्र’तिराेधी क्ष’मता बढाउने जडीबुटी मिलाएर बनाइएको औ’षधि से’वन गर्न दिइएको थियो ।

त्यसको ७ दिनपछि पिसिआर परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।चिकित्सकका अनुसार भर्ना भएका दुई बालबालिका र एक ग’र्भवतीलाई भने औ’षधि दिइएको थिएन । उनीहरूको स्वास्थ्यमा कुनैै समस्या नरहेको उपचारमा सं’लग्न चिकित्सक जितेन्द्र श्रेष्ठले जानकारी दिए । अस्पतालका अनुसन्धान अधिकृत तथा चिकित्सक अमितमान जोशीका अनुसार भर्ना भएका सबैलाई स्वस्थ पार्ने विषयमा केन्द्रका विज्ञ चिकित्सकबीच छलफल गरी संक्रमितलाई विभिन्न आ’युर्वेदिक औ’षधि दिइएको हो ।

टोलीमा काया चिकित्सक, पो’षणविद्, द्र’व्यगुण चिकित्सक, श’ल्यविज्ञ लगायत मिलेर औ’षधि छनोट गरिएको थियो । संक्रमितलाई शरीरको प्र’तिरक्षा शक्ति बढाउन गु’र्जो, पि’प्ला, अ’श्वगन्ध, तुलसी सु’तमनीलगायत जडीबुटीका औ’षधि खुवाइएको उनले जानकारी दिए ।‘सात दिनमै रिपोर्ट नेगेटिभ आएपछि संक्रमित बस्न मानेनन्,’ आयुर्वेद चिकित्सक श्रेष्ठले भने । भर्ना भएकामध्ये तीन जनामा मात्र सामान्य रु’घाखोकी, श्वा’स फेर्न गाह्रो हुने र ज्वरो आउनेजस्ता मध्यम लक्षण देखिएका थिए भने अरूमा खा’सै लक्षण देखिएका थिएनन् ।

आ’युर्वेदिक विधिबाट छोटो अवधिमै संक्रमित स्वस्थ भएपछि यसलाई थप अनुसन्धानका रूपमा प्रयोग गर्ने सो’च बनाइएको आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत चिकित्सक अमितमान जोशीले बताए । ‘यो औ’षधिले कोरोना निको नै भयो भन्ने हाम्रो दा’बी होइन, तर बि’रामीलाई ला’भ मिलेको देखिन्छ, यसमा अनुसन्धान गर्नेबारे छलफल क्रममा छौं,’ जोशीले भने । नागरिक