पहिरोले धाइरिङमा २५ घर वि’स्थापित

रासस, पर्वत। पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २५ घरपरिवार वि’स्थापित भएका छन्। पहिरोले घरगोठनै पु’रिने अवस्था आएपछि उनीहरू बास छा’डेर अ’न्यत्र जान बाध्य भएका हुन्। धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी, शिशिर केसी, तारा केसी, यामनाथ पाध्या र डिलसेवा पाध्याको परिवार वि’स्थापित भएका छन्। पहिरोको ड’रले छिमेकीकहाँ श’रण लिएर बसेको पी’डित राजु परियारले बताए। सोही ठाउँका गोरे परियारको घर भत्किएको वडाध्यक्ष टुङ्गनाथ शर्माले जनाए।

मिलनचोक–सल्यान–गुन्द्रेखेत–धारापानी सडक निर्माणका क्रममा फा’लिएको माटोसँगै आएको पहिरोका कारण ओमनारायण आचार्य, देउकली परियार, बालकृष्ण शर्मा, रामप्रसाद शर्मा, डिल्लीराम शर्मा, कमलबहादुर केसी, दिनेश नेपाली, श्रीकृष्ण आचार्य, भरत पौडेल, मनबहादुर परियार, भीम परियार र राजु परियारको परिवार विस्थापित भएका छन्। सडक निर्माणका क्रममा समयमै व्यवस्थित नाली निर्माण नहुँदा भलसँगै आएको पहिरोले उनीहरू बासस्थान छोड्न बा’ध्य भएका हुन्। सल्यान र किराखोरको बिचमा रहेको ठूलो प’हिरोमा ढुङ्गा र माटोसहितको लेदो ब’गेका कारण केराबारीमा सडक अ’वरुद्ध भएको छ। त्यस्तै केराबारीमा रहेको एल्भिन फलफूल फार्ममा पनि पहिरोले क्ष’ति पुर्‍याएको छ।