भी’डभाड कम गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले ल्यायो नयाँ नियम !

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सेवाग्राहीको भी’डभाड कम गर्न नयाँ नियम बनाएको छ । कोरोना संक्रमणको जो’खिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय नयाँ नि’यम साउन १८ गतेदेखी लागू हुने गरी ल्याएको हो ।नयाँ नियम अनुसार आइतबार काठमाडौं महानगरबासीले कार्यालयबाट सेवा पाउनेछन्। नागरिकता प्रमाणपत्रलगायत सेवा लिन काठमाडौं महानगरबासी आइतबार कार्यालय जानु पर्नेछ। सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरी नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्। मंगलबार फेरि काठमाडौं महानगरबासीले सेवा पाउँछन्।

बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपालिकाले र बिहीबार पुन काठमाडौं महानगरबासीले सेवा पाउँछन् ।शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्। शान्ति सुरक्षा र का’नुनबमोजिम हुने मुद्’दाका लागि भने शनिबारबाहेक कार्यालय खुल्नेछ। त्यस्तै, सरकारी तथा आयोजना संगको छलफलका लागि पनि शनिबारबाहेक कार्यालय खुल्नेछ ।प्रशासन कार्यालयले भी’डभाड कोभिड १९ संक्रमणको अवस्था अनुसार तालिका घ’टबढ गरिने जनाएको छ ।तो’किएका बार मिलाएर मात्र सम्बन्धित से’वाग्राही कार्यालयमा आउन पनि कार्यालयले आग्रह गरेको छ।