राति काठमाडौं छिर्न निषेध, उपत्यकाबाहेकका जिल्लाकाे पास रद्द

काठमाडाैं : देशका विभिन्न स्थानका नाका भएर काठमाडौं आउने यात्रु कोरोना संक्रमण भेटिने क्रम बढ्न थालेपछि सरकारले अत्यावश्यक सेवा र ढुवानीबाहेक सबै बन्द गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले आज सूचना जारी गरेको सूचनामा यसबारे उल्लेख छ। साथै आजैदेखि लागु हुनेगरी बिहान ७ देखि बेलुका ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा पूर्ण प्रतिबन्ध लगाइएको बताइएको छ। यस्तै काठमाडौं बाहेकका जिल्ला प्रशासन कार्यालयलाई पनि काठमाडौंका लागि जथाभावी पास नदिने भनिएको छ।

साथै काठमाडौं बाहेकका अन्य जिल्लामा पनि बिना पास एक जिल्लादेखि अर्को जिल्ला जान पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ। काठमाडौं उपत्यका भित्रिनेहरुको कोरोना परीक्षण गर्दा बिहीबारमात्र २४ जनामा कोरोना संक्रमण देखिएको थियो। अघिल्लो हप्ता कोरोना संक्रमितको नयाँ संख्या घटे पनि विगत तीन दिनयता भने संख्या बढिरहेको छ। र कोरोना समूदाय स्तरमा फैलिएको देखिएको छ।सरकारले यही साउन ६ गतेबाट लकडाउन अन्त्य गरे पनि कोरोना महामारीको जोखिम झन बढेको छ।