चीनमा फेरि कोरोना संक्रमण लगातार बढ्दै

एजेन्सी । चीनमा पछिल्लो सात दिनमा कोरोना संक्रमणको घटना बढेको छ। त्यहाँको मिडियाले मानिसहरूलाई मास्क लगाउन, सामाजिक दूरीको नियम पालना गर्न र सचेत रहन निरन्तर अपील गरिरहेको छ।पछिल्लो २४ घण्टामा चीनमा कोरोना संक्रमणको एक सय ५ वटा घटना फेला परेको छ । चीनको उत्तर प्रान्त शिजजियांगका उरुम्की शहरमा सबैभन्दा बढी कोरोना पोजेटिभको रिर्पोट गरिएको जनाइएको छ। त्यहाँ २४ घण्टामा ९६ संक्रमित फेला परेको तथ्यांक बाहिरिएको छ । जुलाई १५ मा एक महिलामा संक्रमित पाएपछि चीनले त्यस शहरमा ठूलो मात्रामा कोरोना परीक्षण सुरु गरिएको छ ।

उत्तर पूर्वी रेखा प्रान्तको डालियान शहर पनि उही अवस्थामा छ। त्यहाँ पाँच व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । जुलाई २२ मा त्यहाँ एक संक्रमित फेला परेपछि संक्रमणका घटनाहरू बढेको जनाइएको छ। यद्यपि चीनको मुख्य भूमि भन्दा बाहिर हङकङको स्थितिलाइ लिएर चिन्त बढेको छ ।हालसम्म हङकङमा ३ सय भन्दा बढी कोरोना संक्रमित भएको रिपोर्ट गरिएको छ। हङकङमा पछिल्ला दुई दिनमा एक सय भन्दा बढी कोरोनाको केसहरू रिपोर्ट गरिएको छ।