उपत्यकामा उपचारको क्रममा एक कोरोना सङ्क्रमित महिलाको मृ’त्यु

काठमाडाैँ, साउन १६ गते । काठमाडौँ उपत्यकामा उपचारको क्रममा एक जना कोरोना सङ्क्रमित महिलाको मृ’त्यु भएको छ । पाटन अस्पतालमा उपचाररत ६५ वर्षीय महिलाकाे मृ’त्यु भएको हो ।पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माका अनुसार स्टार हस्पिटल सानेपामा कोभिड–१९ को परीक्षण गराउनुभएकी महिलामा सङ्क्रमणको पुष्टि भएपछि पाटन अस्पतालमा उपचारका लागि भ’र्ना गरिएको थियो । उहाँलाई साउन ६ गते पाटन अस्पतालमा भर्ना गरिएकोमा आज बिहान मृ’त्यु भएको निर्देशक शर्माले जानकारी दिनुभयो ।

निमोनियाबाट ग्रसित उहाँको श्वास लिन स’मस्या भएपछि भे’न्टिलेटरमा राखेर उपचार गरिएको थियो ।ललितपुरमा एक जनाको मृ’त्युसँगै नेपालमा कोभिड–१९ बाट मृ’त्यु हुनेको सङ्ख्या ५६ पुगेको छ । यसअघि पर्सामा बिहीबार र शुक्रबार बिहान गरी तीन जनाको सङ्क्रमणबाट मृ’त्युको पुष्टि भएको थियो । पाटन अस्पतालमा उपचाररत ६५ वर्षीय महिलाको आज बिहान उपचारको क्रममा मृ’त्यु भएको हो ।