दरबारमार्गका प्रहरी जवानको कोठाबाट थप एक किलो सुन

काठमाडौं । काठमाडौंमा थप एक किलो सुन जस्तो देखिने पहेँलो धातु ब’रामद भएको छ ।साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणको अनुसन्धानका क्रममा थप एक किलो धा’तु ब’रामद भएको हो । ब’रामद धातु सुन हो वा सुन जस्तो देखिने धातु मात्र भन्ने परीक्षण हुन बाँकी छ ।दरबारमार्ग प्रहरीका तत्कालीन डीएसपी रञ्जनकुमार दाहाललाई ग’लत सू’चना दिएको अभियोग लागेका सादा पोशाकका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा हा’न्दा सुन जस्तो देखिने धातु ब’रामद भएको प्रहरी उच्च स्रोतले बताएको छ ।

प्रहरीले मंगलबार कमलादीबाट १५ किलो सुन जस्तो देखिने पहेँलो धातु ब’रामद गरेको पत्रकार सम्मेलन गरेर बताएको थियो । तर, परीक्षणका क्रममा साढे १४ किलो धातु चाँदी भएको पुष्टि भएको थियो ।प्रकरणमा दरबारमार्ग प्रहरी प्रमुख डीएसपी दाहालको अ’परेशनल नेतृत्व क’मजोर देखिएको भन्दै उनलाई जि’म्मेवारीबाट ह’टाइएको छ । उनी हाल प्रहरी एकडेमीमा काज स’रुवा गरिएका छन् ।दाहाललाई प्रहरी जवान बहादुरसिंह कडायत र प्रसन्न श्रेष्ठले गुमराहमा राखेको पाइएको एसएसपी शुशीलकुमार यादव ने’तृत्वको छानविन समितिले जनाएको छ ।प्रकरणमा यसअघि देवान पटेल, विजय पटेल र निलेश पटेल पूर्वी नवलपरासीबाट पक्राउ परेका छन् ।