काभ्रेमा मलामी बोकेको गाडी दुर्घटना

धुलिखेल, १६ साउनः नमोबुद्धमा मलामी बोकेको गाडी दुर्घटनामा परेको छ । धुलिखेल नगरपालिका वडा नम्बर ११ आरुबोटबाट मलामी लिएर गएको बा ५ ख ५६९ नम्बर बोलेरो गाडी दुर्घटना भएको हो ।दुर्घटनामा ११ जना घाइते भएको प्रत्यक्षदर्शी पञ्च लामाले जानकारी दिनुभयो । शव र मलामी छुट्टा छुट्टै गाडीमा थिए । मलामी बोकेको गाडी दुर्घटनामा परेको हो ।