कोरोनाबाट नेपालमा एकैदिन ४ जनाको ज्यान गयो

काठमाडौं, नेपालमा पछिल्लो २४ घन्टामा थप ४ जनाको कोरोनाबाट नि’धन भएको छ ।मृ’त्यु भएकामध्ये तीन जना पुरुष पर्सामा र १ जना ललितपुरमा महिला छन् ।यो संगै नेपालमा कोरोना बाट ज्यान गु’माउनेको संख्या ५६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयक अनुसार पर्साकाे वीरगञ्ज महानगरपालिका ११ घर भइ ललितपुरको थसिखेल बस्ने ६५ वर्षीया एक महिलाको शुक्रबार पाटन अस्पतालमा उपचारकाे क्रममा मृ’त्यु भएकाे हो ।यस्तै वीरगञ्ज महानगरपालिका ११ का ५६ वर्षीय पुरुषको बिहीबार राति ११ बजे मृ’त्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मु’टुको रो’गी उहाँको आईसीयू र भेन्टिलेटरमा राखेर गण्डक अस्पतालमा उपचार भइरहेको थियो । उहाँलाई गएको ६ गते कोरोना पुष्टि भएको थियो ।यस्तै वीरगञ्ज महानगरपालिका १६ का ३५ वर्षीय अर्का पुरुषको बिहीबार राति ज्यान गएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । गएको ५ गते उहाँ अस्पताल भ’र्ना हुन भएको थियो । उहाँलाई ज्वरो र श्वा’सप्रश्वासको स’मस्या देखिएको थियो ।वीरगञ्ज महानगरपालिका २ काे छपकैयाका ६५ वर्षीय अर्का एक पुरुषको पनि को’रोनाका कारण मृ’त्यु भएकाे छ । उहाँको नि’धनपछि कोरोनाको परीक्षण गरिएको थियो । परीक्षणमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।