नेशनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा भि’षण पहिरो

सिन्धुपाल्चोक, नेशनल हाइड्रोपावरद्वारा प्रवर्धित इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाको बाँधस्थलमा गएको भी’षण पहिरोले आयोजनाको उत्पादन ठप्प भएको छ । पाँचपोखरी थाङ्पाल–८ तिपेनीमा रहेको ७.५ मेगावाट उत्पादन क्षमता भएको उक्त आयोजनाको बाँधस्थलमा गए राति २ बजेतिर पहिरो ख’सेकोे थियो । पहिरोले आयोजनाको सुरुङ मार्गको मुख्य प्रवेशद्वार, फ्लसिङ सिस्टम (पोखरीबाट बालुवा फाल्ने) तथा पोखरीलाई पूर्णरूपमा क्ष’ति पु¥याएको छ । पहिरोले ति’पेनी बजार तथा पहिरोमाथिको मानव बस्तीसमेत जो’खिममा परेको छ ।

निरन्तरको वर्षा तथा पाँचपोखरी पर्यटन मार्गको निर्माण र विस्तारका कारण उक्त क्षेत्रमा यसअघि पनि पहिरो ख’स्दै आएको थियो । पहिरोका कारण सवारी साधन तथा मानिसको आ’वतजावतसमेत ब’न्द भएको छ । उक्त स्थानमा वैकल्पिक बाटोसमेत नहुँदा सयौँ मानिस बीचबाटोमै अ’लपत्र परेका छन् । पहिरोका कारण अ’लपत्र मानिसको उ’द्धार तथा अ’वरुद्ध बाटो खुलाउन तत्काल लागि पर्ने पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।