अमेरिकामा टिकटकमा प्र’तिबन्ध लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्पको घो’षणा

डिसी , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबारसम्ममा टिकटकमाथि प्र’तिबन्ध लगाउने घो’षणा गरेका छन् । शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भोलि बेलुकासम्म टिकटकमाथि प्र’तिबन्धको घो’षणा गर्ने बताए ।उनले कार्यकारी आ’देशमार्फत टिकटकमाथि प्र’तिबन्ध लगाउने वा फरक तरिकाबाट लगाउने भन्नेबारे केही बताएका छैनन् । तर उनले शनिबारदेखि अमेरिकाभर लागु हुनेगरी टिकटकमा प्र’तिबन्ध लगाउने बताएका हुन् ।अमेरिकी कम्पनी माइक्रोसफ्टले टिकटक किन्नेबारे छलफल सुरु गरेलगत्तै ट्रम्पको भनाई आएको हो ।

टिकटकमाथि भारतले प्र’तिबन्ध लगाइसकेको छ भने अमेरिकामा पनि टिकटकमा उल्लेख्य प्रयोगकर्ताहरु रहेका छन् ।चाइनिज कम्पनी बा’इटडान्सले सन् २०१७ मा टिकटकको सु’रुवात गरेको थियो । त्यसपछि टिकटकका प्रयोगकर्ताहरु ह्वा’त्तै बढेका थिए ।कोरोनाको महामारीमा टिकटकको लोकप्रियता अझ बढेको थियो ।राष्ट्रिय सुरक्षाको विषयलाई लिएर अमेरिकाले केही समयदेखि टिकटकमा प्र’तिबन्ध लगाउनेबारे विचार गरिरहेको छ । अमेरिकाले टिकटक लगायतका अन्य चाइनिज एपमाथिपनि प्र’तिबन्ध लगाउने बताउँदै आएको छ ।