सिद्धबावा क्षेत्रमा ख’सेकाे ढुंगा ला’गेर तीन जना घा’इते

१७ श्रावण २०७७, शनिबार पाल्पा – सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबावा क्षेत्रमा माथिबाट ख’सेको ढुंगा लागेर तीन जना घा’इते भएका छन् । शनिबार बेलुकी सवा ७ बजेको समयमा माथिबाट ख’सेको ढुंगा ला’गेर बुटवलबाट पाल्पा आउँदै गरेको लु २ च ४११५ नम्बरको जीपमा सवार तीन जना घा’इते भएका हुन् ।घा’इते हुनेहरुमा ब’गनासकाली गाउँपालिका–२, पोखराथोकका ३२ वर्षिय चुरामणी न्यौपाने, तिनाउ गाउँपालिका–२, दोभानका ५३ वर्षका लक्ष्मण श्रेष्ठ र सोही स्थानकी ४५ वर्षकी लक्ष्मी श्रेष्ठ घा’इते हुनुभएको हो ।

उहाँहरु तीनै जनाको उपचार लुम्विनी प्रादेशिक अस्पताल बुटवलमा भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक मदन गिरीले जानकारी दिनुभयाे । थप जानकारीका लागि दोभान प्रहरी चौ’कीबाट प्रहरी निरीक्षक सोमबहादुर सारुको ने’तृत्वमा प्रहरी ख’टाइएको छ ।यसैबीच दोभान क्षेत्रको दुई स्थानमा सडक भासिएर ठूला सवारीसाधन संचालनमा अ’बरोध भएको छ । शनिबार बिहानैदेखि सडकमा साना सवारीबाहेक ठूला सवारी सं’चालन हुन नसकेको प्रहरीले जनाएको छ ।