कोरोनाबारे छलफल गर्न डब्लूएचओको आ’पतकालीन बैठक

काठमाडौं,कोरोना भाइरसको संक्रमणलाई विश्व म’हामारी घो’षणा गरेको ६ महिनापछि शुक्रबार विश्व स्वास्थ्य सं’गठन (डब्लूएचओ)को आ’पतकालीन कमिटीको बैठक सम्पन्न भएको छ। बैठकपछि डब्लूएचओका प्रमुख (महानिर्देशक) डा. टे’ड्रोस ए’डहानम ग्रे’ब्रियससले अहिलेसम्म कोरोना संक्रमण विश्व म’हामारीकै रूपमा रहेको बताएका छन्। डब्लूएचओले गत वर्ष जनवरी ३० तारिखमा कोरोनालाई विश्वव्यापी म’हामारी घो’षणा गरेको थियो। यसपछि विश्वमा जुन स्थिति सिर्जना भएको छ, त्यसको आकलन गर्न डब्लूएचओको आ’पतकालीन क’मिटीको बै’ठक बसेको हो।

बैठकले अहिले पनि यो विश्वव्यापी म’हामारी नै रहेको निष्कर्ष निकालेको छ। डब्लूएचओका प्रमुख डा. टेड्रोसले भने, ‘धेरै देशमा कोरोना भाइरसको संक्रमण भ’यावह बनिरहेको छ। जहाँ संक्रमणको दोस्रो लहर देखिन थालेको छ। साताको सुरुमा जहाँ संक्रमण कम देखिएको थियो, त्यहाँ अहिले रो’ग तीव्र गतिमा फैलिरहेको छ।’ तीन महिनापछि डब्लूएचओको पुनः आ’पतकालनी क’मिटीको बैठक बस्ने र को’रोनाको स्थिति स’मीक्षा गर्ने तय भएको बीबीसीले जनाएको छ।