कु’टपिटबाट एक युवकको मृ’त्यु, १४ जना युवा पक्राउ

रोल्पा – जिल्ला प्रहरी कार्यालय रोल्पाले रोल्पाको रुन्टिगढी गाउँपालिका–६ सालबाङमा कु’टपिटबाट एक युवकको मृ’त्यु भएपछि १४ युवालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा स्थानीय युवा भीमबहादुर बस्नेत, झुपलाल बुढा, प्रेमबहादुर बुढाथोकी, चेतलाल साहु, चन्द्रलाल रोका, दिलबहादुर रोका, टोपेन्द्र साहु, धनसिंह बुढाथोकी, कमल बस्नेत, प्रकाश बुढा, ठगेन्द्र बुढा, प्रेम बुढा, तिलबहादुर चलाउने र हीराबहादुर बुढाथोकी रहेका छन् ।आ’रोपित बस्नेतले रु पाँच हजार र घडी लु’टेको टेकबहादुर बस्नेतले बताएका छन् ।

सोही ठाउँका २४ वर्षीय ईश्वर बस्नेतले छिमेकी गाउँका टेकबहादुर बुढालाई गो’ठबाट घर फर्कँदै गर्दा शनिबार राति लु’टेको आ’रोपमा कु’टपिट गर्दा उनको मु’त्यु भएको कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो । इलाका प्रहरी कार्यालय होलेरीका अनुसार कु’टपिटमै सं’लग्न बस्नेतलाई डव्रिङ स्वास्थ्यचौकीले सि’फारिस गरेपछि थप उपचारमा लाने क्रममा शनिबार मृ’त्यु भएको थियो ।घ’टनाकाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।