महानगरीय ट्राफिक प्रहरी महाशाखा सिल, एसएसपीसहित ३७५ जना क्वारेन्टिनमा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना)का दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको छ भने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले भने, ‘मसमेत ३७५ जना ब्या’रेक–ब्या’रेकमै छौं । अहिले महाशाखामा पूर्णलकडाउनको अवस्था छ ।’उनले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ–जाउ गर्न ब’न्देज लगाइएको जानकारी दिए ।

आफूले अरुसँग भेटघाट ब’न्द गरेको उनले बताए ।महाशाखा मातहत ट्राफिक प्रहरीको ज’नशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वा’रेन्टिनमा गएपछि १ हजार १ सय ७० जना ज’नशक्ति ट्राफिक व्यवस्थापनका लागि ख’टाइएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी ढकालले भने, ‘कम प्रे’सर भएको ठाउँका ट्राफिक प्रहरीलाई झि’केर बढी प्रे’सर भएका ठाउँमा प’ठाएर मि’लाएका छौं ।’