अमिताभ बच्चन अस्पतालबाट डिस्चार्ज !

काठमाडौं, चर्चित भारतीय अभिनेता अमिताभ बच्चनको कोरोना परीक्षणको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । उनले आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको र डिस्चार्ज भएको भन्दै ट्वीट मार्फत सबै शुभचिन्तकहरुलाई धन्यवाद दिएका हुन् ।अब आफू घरमै क्वारेन्टीनमा बस्ने उनले बताएका छन् । उनले भनेका छन् -‘भगवानको कृपा, बुबाआमाको आशिर्वाद, मेरा साथीहरु र शुभचिन्तकहरुको प्राथना, नानावती अस्पतालमा गरिएको उत्कृष्ट हेरचाहका कारण आज मेरोलागि यो दिन देख्न सम्भव भएको छ ।’

गत जुलाई ११ मा अमिताभले आफूलाई कोरोना संक्रमण भएको पुष्टी गरेका थिए । त्यसपछि उनी अस्पतालमा भर्ना भएका थिए । झण्डै तीनसाता लामो अस्पताल बसाईपछि उनी डिस्चार्ज भएका छन् ।तर उनका छोरा तथा चर्चित कलाकार अभिषेक बच्चनले भने आफूमा अझै पनि कोरोना पोजेटिभ देखिएकाले अस्पतालमै बस्नुपर्ने बताएका छन् । उनले आफ्ना प्राथना गर्ने सबैलाई धन्यवाद दिंदै भनेका छन् – ‘म यसलाई पराजित गरेर स्वस्थ्य भएर फर्कने प्रण गर्छु ।’