भाजपाका लागि आइतबार ‘कालो दिन’ : कोरोनाबाट एक मन्त्रीको मृ’त्यु, चार नेता संक्रमित

बीबीसी हिन्दी, भारतीय जनता पार्टी (बीजेपी) का लागि आइतबार ‘कालो दिन’ सा’बित भएको छ। यसको सुरुवात बिहान साढे ९ बजे भयो। जतिबेला उत्तर प्रदेशकी शिक्षामन्त्री कमल रानी वरुणको नि’धन भयो। कोरोना संक्रमणभएपछि उपचारका लागि उनलाई गत जुलाई १८ तारिख ए’सजीपीजीआईमा भ’र्ना गरिएको थियो। तर उनलाई बचाउन सकिएन। त्यही दिन अपराह्न पौने ५ बजे भारतका गृहमन्त्री अमित शाहले आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए। गृहमन्त्री शाहले ट्विट गर्दै भने, ‘मेरो रिपोर्ट पोजिटिभ आयो।

मेरो स्वास्थ्य ठीक छ तर डाक्टरको स’ल्लाहमा अस्पताल भर्ना भएको छु। जो व्यक्ति पछिल्लो केही दिनमा मेरो सम्पर्कमा आउनुभएको छ, उहाँहरूले कृपया कोरोना परीक्षण गराउनुहोस्।’ त्यसको १ घण्टा नबित्दै बीजेपीका उत्तर प्रदेश प्रमुख स्व’तन्त्रदेव सिंहले पनि ट्विट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिए। लगत्तै उत्तर प्रदेशका जल शक्तिमन्त्री महेन्द्र सिंह पनि कोरोना संक्रमित भएको खबर आयो। फेरि राती साढे ११ बजे क’र्नाटकमा भाजपा सरकारका मुख्यमन्त्री बीएस ये’दियुरप्पाले ट्विट गर्दै आफू पनि कोरोनाबाट संक्रमित भएको जानकारी दिए।

ये’दियुरप्पाले आफूसँग सम्पर्कमा आएका व्यक्तिलाई परीक्षण गर्न र क्वा’रेन्टिनमा रहन आग्रह गरेका छन्। त’मिलनाडुका रा’ज्यपाल ब’नवारीलाल पु’रोहित पनि आइतबार कोरोनाद्वारा संक्रमित भएका छन्। उनलाई चे’न्चेको का’वेरी अस्पताल भर्ना गरिएको छ ।अघिल्लो महिना उत्तर प्रदेशका स्वास्थ्यमन्त्री जयप्रताप सिंह कोरोनाबाट संक्रमित पुष्टि भएका थिए। यसबाहेक योगी आ’दित्यनाथ मन्त्रिमण्डलका मन्त्री चे’तन चौहान, राजेन्द्र प्रताप सिंह र धरम सिंह सै’नीलाई पनि कोरोना संक्रमण भइससकेको छ।