आज बिहानैदेखि अ’निश्चितकालीन नि’षेधाज्ञा !

काठमाडौं, पर्सामा फेरि थप ७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। पर्साको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालाबाट पछिल्लोपटक आइतबार राति १ बजे आएको रिपोर्टअनुसार ६१ पुरुष र १२ महिलामा कोरोना भाइरस रहेको पुष्टि भएको हो। ‘तीमध्ये भारतीय नागरिक १ र बारा जिल्लाका २ जना छन्, अरू सबै पर्सा नै घर भएका छन्,’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले सोमबार बिहान भने,’ जसमा १० वर्षदेखि ७१ वर्षसम्मका छन्।’ उनका अनुसार ४९२ को नतिजा आउँदा उल्लिखित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

अझै ९०० नमुना परीक्षणका क्रममा रहेको उनले जानकारी दिए। थपिएका संक्रमितमा नेपाल प्रहरीका २ जना, नेपाली सेनाका १ जना, पर्साका १ पत्रकार पनि छन्। यसरी ठूलो संख्यामा दैनिक संक्रमित थपिन थालेपछि पर्सा जिल्ला प्रशासन कार्यालयले आजदेखि जिल्लाभर अ’निश्चितकालीन नि’षेधाज्ञा जा’री गरेको छ। साउन १० गतेदेखि वीरगन्ज महानगर क्षेत्रभित्र मात्रै लागू नि’षेधाज्ञा आज साेमबार बिहानै ५ बजेदेखि जिल्लाभर विस्तार गरिएको हो। नि’षेधाज्ञा अवधिभर औ’षधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन स्थानीयलाई जिल्ला प्रशासनले आग्रह गरेकाे छ।