कोरोनासँग ल’ड्न पनि क्वाँटी महत्वपूर्ण

काठमाडौं । जनैपुर्णिमाको दिन नेवार समुदायमा घर घरमा क्वाँटी खाने प्रचलन छ । पछिल्लो सयम सबै समुदायको यसको लोकप्रियता बढेको छ । बर्खाको समयमा खेतीकिसानी गर्नेहरुलाई बढी पौष्टिक आहार चाहिने भएकाले क्वाँटीको विशेष महत्व रहेने संस्कृतविद् सत्यमोहन जोशीले जानकारी दिनुभयो ।उहाँले नेवार समुदायमा हरेक चाड पर्वमा केही न केही खाना विशेष हुन्छ जसले हामीलाई रोगसँग लड्न मदन गर्नुको साथै रो’गप्रतिरोधात्मक क्षमता पनि बढाउछ ।हामी कृषि उद्यममा आधारित जीवनशैलीमा बाँचेका छौं जोशीले भन्नुभयो, खेतीपातीको कामले थकित शरीरमा उर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाने गरिन्छ ।

गेडागुडी अर्थात प्रोटिन हुने भएको कारण पनि यो मौसममा क्वाँटी खाने चलन गरिएको उहाँले बताउनुभयो ।मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना र सिमी, बोडी, बकुल्ला, मुंग लगायतका गेडागुडीको मिश्रण नै क्वाँटी हो जोशीले भन्नुभयो, क्वाँटी विशेष गरि नेवारी परिकार हो । नेपाल भाषामा क्वाँ भनेको तातो हो भने टि भनेको झोल हो । क्वाँटी विभिन्न गेडागुडीबाट बनाइने हुनाले यो परिकार पोषणले भरिपूर्ण हुन्छ ।क्वाँटीबाट पूर्ण प्रोटिन पाइने पोषणविद् डा.अरुणा उप्रेतिले बताउनुभयो ।

उहाँले फरक–फरक गेडागुडीको मिश्रणबाट तयार पारिने भएकाले क्वाँटीलाई श’क्तिवद्र्धक पौष्टिक आहारका रुपमा लिने पनि जानकारी दिनुभयो ।यता आयुर्वेद डा. हेमकुमारी अधिकारीले कोरोना संक्रमणको महामारी बढी रहेको सबैलाई रोग प्र’तिरोधात्मक खाने कुरा चाहिन्छ त्यसको विकल्प हो क्वाँटी । उहाँ थप्नुहुन्छ, यसको मतलव क्वाँटी खाएर कोरोना लाग्ने भन्ने होइन यसमा रो’गप्रतिरोधात्मक क्षमता बढाउने ‘एन्टी अ’क्सिडेन्ट’ पनि हुन्छ ।डा.अधिकारीले म’धुमेह, पा’यल्स, क’ब्जियत, रु’घाखोकी, लि’भरसिरोसिस, सु’त्केरी महिला, वृद्ध वृद्धाका लागि समेत क्वाँटीले फाइदा हुने जानकारी दिनुभयो ।

प्रोटिनको मात्रालाई सन्तुलनमा राख्नुपर्ने मृगौला रो’गी, यु’रेनिया तथा यु’रिक ए’सिडका बि’रामीले भने क्वाँटी खाँदा विचार पु¥याउनुपर्ने पनि सुझाव दिनुभयो ।पोषणविद् डा.उप्रेति भन्नुहुन्छ, हामी गेडागुडी भिजाएर त्यो अंकुराएपछि खान जाँगर चलाउँदैनौ ।अंकुरित गेडागुडी एक पटक मात्र होइन, हरेक दिन आवश्यक हुन्छ शरीरलाई । त्यसैले जनै पूर्णिमा नै कुर्नु नपर्ने प्रष्ट पार्नुहुन्छ ।उहाँको अनुसार क्वाँटी आफैमा प्रोटिनको सम्पूर्ण स्रोत हो । यो श’क्तिवद्र्धक एवं पौष्टिक आहारा हो । यसमा भिटामिन बिका सबैजसो प्रकार पाइन्छ ।

क्वाँटीलाई ज्वानोमा झानेर वा पकाएर खाने गरिन्छ । यो स्वादिलो परिकार पनि हो । तर, यसबाट प्रोटिन मिल्छ भनेर वा मिठो लागेको भरमा धेरै मात्रामा खानु हुँदैन डा.उप्रेती भन्नुहुन्छ, । क्वाँटी नियन्त्रित मात्रामा खानुपर्छ । किनभने जब शरीरमा प्रोटिनको मात्रा बढ्छ, युरिक एसिड बढ्ने भ’य हुन्छ । यसको भार मिर्गौंलामा पर्न सक्छ । अत्याधिक वा अनियन्त्रित क्वाँटी सेवन गर्दा त्यसले मिर्गौलालाई अ’सर गर्छ ।गोरखापत्र