लकडाउनमा जाने कि नजाने भनेर प्रधानमन्त्रीद्वारा ज’नस्वास्थ्यविज्ञसँग प’रामर्श !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना सङ्क्रमण नियन्त्रणका लागि ज’नस्वास्थ्यविज्ञसँग प’रामर्श गर्दैछन् ।समूदायमा कोरोना संक्रमण फै’लिएपछि रोकथाम र नियन्त्रणका लागि ज’नस्वास्थ्यविज्ञहरूलाई बो’लाएर छलफल गर्न लागिएको सीसीएमसी नि’कट स्रोतले जानकारी दियो । स्रोतका अनुसार जनस्वास्थ्यका क्षेत्रमा कार्यरत विज्ञहरूलाई मंगलबार बिहान ११ बजे बालुवाटार बोलाइएको छ ।यसअघि पनि लकडाउन खुकुलो बनाउन र परीक्षणलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीले विज्ञसँग प’रामर्श गरेका थिए ।

मंगलबारको छलफल यसैको निरन्तरता भएको स्रोतले जानकारी दियो । प्रधानमन्त्री ओलीले गत जेठ २१ गते यस्तै परामर्शको आ’योजना गरेका थिए । त्यतिबेला विज्ञहरूले क्वारेन्टिनको सुधार, परीक्षणको दा’यरा ब’ढाउन सुझाव दिएका थिए ।“दोस्रो चरणको लकडाउनको का’र्ययोजना त बनेको छैन । विज्ञहरूले के सुझाव दिनुहुन्छ, त्यसआधारमा कार्ययोजना तय होला,” कोरोना क्रा’इसिस म्या’नेजमेन्ट सेन्टर निर्देशक समिति निकट स्रोतले भन्यो ।कोरोना संक्रमण स’मूदायमा फै’लिएपछि स्थानीय तहले आवागमन रो’क्नेदेखि नि’षेधाज्ञा लगाउनेसम्म निर्णय लिन थालेका छन् ।

पछिल्लो समय एक नम्बर र दुई नम्बर प्रदेश उच्च जो’खिममा रहेका छन् । वीरगञ्ज, विराटनगर महानगरपालिका जो’खिम ड’रलाग्दो देखिएको छ । उपत्यका प्रवेश गर्ने नाकामा गरेको परीक्षण र नतिजाका आधारमा काठमाडौं, ललितपुर, भक्तपुर पनि जो’खिममै रहेको विज्ञहरूले औं’ल्याएका छन् ।“संक्रमणको अवस्था हेर्दा अहिलेसम्म नियन्त्रणमै छ । कस्तो रणनीति अ’पनाउँदा यसलाई न्यूनीकरण गर्न सकिन्छ भनेर छलफल गर्न लागेको बुझेका छौं,” स्रोतले भन्यो ।