स्याङ्जाको भालुपहाडमा बु’लेट बाईकसहित बे’पत्ता पंकज भेटिए तर यस्तो अबस्थामा…

स्याङ्जा । बु’लेट बाईकसहित एक महिनादेखि बे’पत्ता स्याङ्जाका पंकज गिरी मृ’त अवस्थामा भेटिएका छन् । स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं. २ भालुपहाडस्थित भी’रमा उनको श’व भेटिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी बिमलराज कणेलले जानकारी दिए ।पंकजले लगाएको कपडाको आधारमा उनका बाबुले प’हिचान गरेको कणेलको भनाई छ । यसअघि आईतवार सिद्धार्थ राजमार्ग भन्दा ५-६ सय मिटर तल भा’लुपहाडको फेदीस्थित सेतीखोलाको ज’लकुण्डमा बु’लेट मोटरसाइकल भेटिएको थियो ।

स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ५ से’खाम का’म्तीका १९ वर्षीय पंकज गिरी गत असार १८ गतेदेखि बु’लेट मोटरसाईकलसहित बे’पत्ता भएका थिए । पुतलीबजार नगरपालिकाको बा’ड्खोलाबाट साथीहरुसँग अन्तिम पटक सम्पर्कमा आएका उनी त्यही दिनदेखि बे’पत्ता रहेका थिए । पंकजको मृ’त्यु भ’बितब्य हो या क’र्तब्य गरी भएको हो भन्ने बारेमा ए’किन भएको छैन। दु’र्घटनावश वा कसैले मा’रेर ज्यान गएको हो भन्ने एकीन भएको छैन ।खोलामा माछा मा’र्न गएका व्यक्तिले खोलामा मोटरसाइकल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीसहितको टोली सोमबार बिहानैबाट पंकजको खोजीमा जु’टेको थियो । पोखरा महानगरपालिका वडा नं. ५ पस्र्याङमा बस्दै आएका मृ’तक गिरी ना ४० प ३७२० नम्बरको हरियो रंगको बु’लेट बाइक भाडामा लिएर हिडेको आफन्तको भनाई छ । घ’टनाबारे अनुसन्धान शुरु गरिएको प्रहरीको भनाई छ ।उनी ह’राएको खबर पाएपछि आफन्तले उनी निकट सबै साथीहरूलाई फोनबाट सोधपुछ गरे । तर पंकज कुनै साथी कहाँ पनि नगएको र पोखरा नआएको भन्ने खबर पाएपछि आफन्तले स्याङजा प्रहरी मात्र नभएर कास्की प्रहरीकहाँ समेत गु’हार मा’गेको थियो ।

ह’राएको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालय स्याङजा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बै’दाममा समेत नि’वेदन दिएका छन् । पोखरा बाग्लुङ वसपार्कमा रहेको सुनिल अटो पा’र्टसमा काम गर्ने गिरी असार १८ गते स्याङजाबाट हिँडेको तर पोखरा आई नपुग्दा बीच बाटोमा कसरी ह’राए भन्ने प्रश्न उठेको थियो ।गिरीले स्याङजाबाट आउँदा प्रयोग गरेको बु’लेट बाइक लेकसाइडबाट भाडामा लिएको भन्ने खुलेको छ । उनले चैत ८ गते लकडाउन अघिनै लेकसाइडमा रहेको पोखरा मोटरसाइकल रे’न्ट हाउसबाट बाइक भाडामा लिएको र सो वा’पत एकपटक २५ हजार र अर्को पटक १० हजार गरी ३५ हजार रकम बु’झाएका थिए ।