केहीबेर अघि लेबनानको राजधानीमा ठूलो वि’ष्फोट, थुप्रै ह’ताहत भएको शंका

लेबनानको राजधानी बेरुतमा केही समयअघि ठूलो वि’ष्फोट भएको छ। आकाशमा बादल लागेजस्तो आ’गो र धुवाँको मु’स्लो देखिएका भिडिओहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्। बन्दरगाह क्षेत्रमा भएको वि’ष्फोटको प्रभावले वरिपरिका धेरै घरमा क्ष’ति पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ। लेबनानकै राष्ट्रिय समाचार संस्था एनएनएका अनुसार ब’न्दरगाहमा रहेका गो’दाममा उक्त वि’ष्फोट भएको हो, जहाँ वि’ष्फोटक पदार्थहरू भण्डार गरिएको थियो। ती गो’दाममा कस्ता खालका वि’ष्फोटक पदार्थ थिए र प’ड्किनुको कारण के हो भन्ने खुलेको छैन।

‘मैले बे’रुतको आकाशभरि धुवाँको बादल लागेको देखेँ। मान्छेहरू सडकमा चि’च्याउँदै भागाभाग गर्दै थिए। कतिपय र’क्ताम्मे देखिन्थे। ब’न्दरगाह क्षेत्र वरिपरिका धेरै घरमा क्ष’ति पुगेको छ। अग्ला अग्ला घरका सिसा पनि फु’टेर भुइँमा च’कनाचुर छ’रिएका देखिन्थे,’ घ’टनास्थलमा रहेका रोयटर्स संवाददाताले भनेका छन्।