कोरोनाको जो’खिम बढेको भन्दै सरकारले सिंहदरबार प्रवेशमा रो’क लगायो

२१ श्रावण २०७७, बुधबार काठमाडौं, सरकारले सिंहदरबार प्रवेशमा थप क’डाइ गरेको छ। कोरोनाको संक्रमण बढ्दै गएपछि सरकारले बुधबारबाट अत्यावश्यक कामबाहेक सर्वसाधरणलाई सिंहदरबार प्रवेशमा रोे’क लगाएको हो। गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले कोरोनाको जो’खिम थप बढेका कारण भेटघाट लगायतका कामका लागि सिंहदरबार प्रवेश गर्नेहरुलाई रो’क लगाएको बताए। उनले अत्यावश्यक काम खुल्ने कागजात देखाएर सर्वसाधारण र प्रेस पासका आधारमा सञ्चारकर्मी भने प्रवेश गर्न पाउने बताए।

‘संक्रमणको जो’खिम बढ्दै गएपछि सिंहदरबारमा चाप कम गर्न यो निर्णय गरिएको हो’,प्रवक्ता बुढाले भने, ‘अत्यावश्यक काम रोकिँदैन, तर भेटघाट, गफगाफका लागि आउनेलाई भने रो’किएको हो।’ प्रवक्ता बुढाले अर्को निर्णय नभएसम्मका लागि अब सिंहदरबार प्रवेशका क’डाइ गरिएको बताए। उनले सर्वसाधारणका लागि सिंहदरबारभित्रका विभिन्न कार्यालयले जारी गर्ने गे’टपास वितरण ब’न्द गरिएको जानकारी दिए। पछिल्लो समय राजधानीमा संक्रमणको जो’खिम बढ्दै गएपछि सरकारले क’डाइ गरेको हो।