नेपालमा अक्सफोर्डको कोरोना भ्या’क्सिनको मूल्य मात्रै ३६० रुपैयाँ ! बिल गेट्सले मूल्य घ’टाइदिए

काठमाडौं । नेपालले बेलायतको अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोनाभाइरस वि’रुद्धको भ्या’क्सिन मात्रै ३ डलर प्रतिडोज (३६० नेपाली रुपैयाँ) मा पाउने भएको छ । भारतको पु’णेस्थित सिरम इ’न्स्टिच्युटले भारत तथा नि’म्न र मध्यम आय भएका देशहरुको लागि यो मूल्य निर्धारण गरेको टाइम्स अफ इण्डियाले जनाएको छ । सिरम इन्स्टिच्युट भ्या’क्सिन उत्पादन परिमाणको हिसाबले विश्वकै सबैभन्दा ठूलो भ्या’क्सिन उत्पादक हो र यो अक्सफोर्ड विश्वविद्यालयको कोरोना भ्या’क्सिन उत्पादनमा साझेदार छ ।

नेपाल हालैको विश्व बैंकको वर्गीकरणमा निम्न मध्यम आय भएको मुलुकको स्तरमा उ’क्लिएको छ । त्यसअघि नेपाल निम्न आय भएको मुलुकको रुपमा थियो । नेपाल निम्न मध्यम आय भएको मुलुक भएकोले सि’रमले सस्तोमा भ्या’क्सिन उपलब्ध गराउने देशको सू’चीमा पर्छ । यद्यपि सि’रमले आफूले घाटा व्यहोरेर निम्न र मध्यम आय भएका मुलुकलाई सस्तोमा भ्या’क्सिन उपलब्ध गराउन लागेको भने होइन । गरिब देशहरुलाई स’स्तोमा भ्या’क्सिन उपलब्ध गराउन अमेरिकाका अर्बपति बिल गेट्सको संस्थाले सहयोग गरेको हो ।

बिल एण्ड मे’लिण्डा गेट्स फाउण्डेशनले ग्लोबल ए’लायन्स फर भ्या’क्सिन एण्ड इ’म्युनाइजेशन (गा’भी) लाई १५ करोड डलर (झण्डै १८ अर्ब नेपाली रुपैयाँ) सहयोग गर्दैछ । यो रकम सि’रम इ’निस्टच्युटलाई उपलब्ध गराइनेछ र यो रकमले सि’रमको घाटा पूर्ति गर्नेछ ।आफ्नो घाटा पूर्ति भएपछि सिरमले सस्तोमा भ्या’क्सिन उपलब्ध गराउनेछ । यो सस्तो मूल्य को’भ्याक्स ए’लायन्स अन्तर्गतका ९२ देशहरुको लागि हो र गा’भीको यी ९२ देशको सूचीमा नेपाल पनि समावेश छ । सिरम इ’न्स्टिच्युटले यसको लागि शुक्रबार गाभी र बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनसँग सम्झौता गरेको छ ।

सि’रम इ’न्स्टिच्युटका सीइओ अ’दर पू’नावालाले भनेका छन् ‘भा’इरसको व्यापक प्रसारले पूरै विश्वलाई अ’निश्चिततामा पारेको छ । पूरै विश्वमा खो’प अ’भियान चलाउन र महामारी रो’क्नको लागि विश्वका सबैभन्दा दूरदराज र गरिब देशहरुमा सस्तो उपचार र निवारक उपायमा पहुँच सम्भव होस् भन्ने सु’निश्चित गर्नु निकै महत्वपूर्ण छ । यो सहकार्यको माध्यमबाट हामीले यो भ’यानक संक्रमणबाट लाखौंको जीवन ब’चाउन आफ्ना निरन्तर प्रयासलाई पूरा गर्न चाहन्छौं । अ’क्सफोर्डको भ्या’क्सिनले गत हप्ता भारतमा दोस्रो र तेस्रो चरणको क्लिनिकल ट्रायल गर्न अनुमति पाइसकेको छ ।