नेपाली सेनाले भारतबाट औ’षधि नल्याउने

२५ श्रावण २०७७, आईतवार काठमाडौं । नेपाली सेना मार्फत खरिद गर्ने भनिएका ५३ प्रकारका औ’षधि अब खरिद नगरिने भएको छ । भारतबाट सहज रूपमा औ’षधि आउन थालेको र खरिद प्रक्रिया अगाडि बढ्न नसकेपछि भारतसँग औ’षधि खरिद प्रक्रिया नै ब’न्द भएको छ ।कोरोना स’ङ्क्रमण, रो’कथाम, नियन्त्रण तथा उपचारमा आवश्यक पर्ने दुई करोड २५ लाख रुपियाँको औ’षधि भारतसँग खरिद गर्न आवश्यक प्रक्रिया अ’गाडि बढाइएको थियो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले खरिद प्रक्रिया अगाडि बढ्न नसकेको तर कोरोना नियन्त्रण तथा उपचार गर्न आवश्यक पर्न सक्ने औ’षधि लगायतका स्वास्थ्य सामग्रीको सहज आ’पूर्ति हुन थालेपछि भारतसँग औ’षधि खरिद प्रक्रिया बन्द भएको जानकारी दिए ।उनले अहिले भारत सँगको औ’षधि खरिद प्रक्रिया टु’ङ्गिएको भन्नुपर्छ । फेरि आवश्यक परेको अवस्थामा फेरि प्रक्रिया अगाडि बढाउने छौँ । अहिलेलाई आवश्यकता देखिएन र अलिकति भुक्तानीको समेत स’मस्या आएको हुनाले अहिले यो प्रक्रिया नै ब’न्द गरिएको छ भने ।