काठमाडौं उपत्यकामा फेरि सार्वजनिक यातायात ब’न्द गर्ने तयारी

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा फेरि सार्वजनिक यातायात ब’न्द गर्ने तयारी गरेको छ । उपत्यका नगरपालिका फोरमको टो’लीसँगको भेटमा कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का संयोजकसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले फोरमको माग सम्बोधन गर्ने प्र’तिवद्धता जनाएका छन् ।उपप्रधानमन्त्री पोखरेललाई भेट्न फोरमका अध्यक्षसमेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र फोरमका सचिवसमेत रहेका मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ सिंहदरबार पुगेका थिए ।

आफूहरुले कम्तिमा तीनहप्ता उपत्यकामा सार्वजनिक सवारी साधन रो’क लगाउन आग्रह गरेको र उपप्रधानमन्त्री पोखरेलले बैठक बसेर सकरात्मक निर्णय गर्ने जानकारी दिएको श्रेष्ठले बताए । सिसिएमसीको बै’ठकले सार्वजनिक यातायात ब’न्द गर्नेबारेमा निर्णय गर्ने उनले जानकारी दिए ।फोरमले कोरोना भाइरसको संक्रमण रो’कथाम तथा नियन्त्रणका लागि विभिन्न सुझाव दिएको छ ।