धवलागिरि बहुमुखी क्याम्पसका प्रमुखलाई कार्यकक्षबाट बाहिर निकालेर…

बागलुङ, आंशिक प्राध्यापकहरूले धवलागिरि बहुमुखी क्याम्पस बागलुङको प्रमुखको कार्य कक्षमा ता’ला लगाएका छन् ।उनीहरूले आइतबार बिहान क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायलाई बाहिर नि’कालेर ताला कार्यकक्षमा ता’लाबन्दी गरेका हुन् । नेपाल आंशिक प्राध्यापक संघले लामो समयदेखि आंशिकका रूपमा पढाइरहेकालाई क’रारमा नि’युक्ति गर्नुपर्ने माग गर्दै आएको छ ।मा’ग सुनुवाइ नभएपछि ता’ला लगाउनु परेको संघ अध्यक्ष विष्णुप्रसाद चापागाईले बताउनुभयो । झन्डै चार वर्षअघि सरकारले एक वर्ष आंशिक शिक्षण गरेकालाई क’रार नि’युक्ति दिनुपर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयपछि त्रिभुवन विश्वविद्यालय कार्यकारी सभाले ग’ठन गरेको कार्यदलले समयमा प्र’तिवेदन नबुझाएपछि आंशिक प्राध्यापक फेरि आ’न्दोलित भएका हुन् । धौलागिरि बहुमुखी क्याम्पसमा मात्रै ३९ जना आंशिक प्राध्यापक रहेका छन् ।यसअघि पटकपटक ध’र्ना बसेका आंशिक प्राध्यापकको माग स’म्बोधन गर्न त्रिविले अनुगमन समिति ग’ठन गरेको थियो । उक्त समितिले दिएको प्र’तिवेदनउपर छलफल गरी कार्यकारी सभामा ए’जेन्डा लैजान अर्को समिति ग’ठन भएको छ ।नयाँ नि’युक्ति भएका त्रिवि पदाधिकारीले आफूहरूको मा’ग तत्काल स’म्बोधन गर्नुपर्ने आंशिक प्राध्यापकहरूले बताएका छन् ।